शिवराजमा माघ पहिलो साता देखि किशोरीहरुलाई आइरन चक्कि खुवाईने ।
कपिलवस्तु-पालिका स्तरीय फोकल शिक्षक ,स्वास्थ्यकर्मि , तथा निर्वाचित पदाधिकारीह विच शिवराज नगरपालिकाको आयोजना र सुआहाराको प्राविधिक सहयोगमा आईरन चक्कि वितरण लागि समिक्षा कार्यक्रम सम्पन्न भएको छ ।शिवराज नगरपालिमा भित्र विध्यालय स्तिर र समुदाय स्तिरमा नगरपालिकाले माघ महिनाको पहिलो सता देखि स्वास्थ्य चौकी तथा केन्द्रहरु मार्फत विद्यालय र समुदाय स्तिरका किशोरीहरुलाई आईरन चक्कि वितरण गर्ने भएको छ ।
कार्यक्रममा शिवराज नगरपालिका उप प्रमख शिवकुमारी थारुले नगर भित्रका विध्यालय स्तिर तथा समुदाय तहमा रहेका किशोरीहरुलाई आरन चक्कि खुवाउने कार्यक्रम नगरपालिकाले प्रभावकारी रुपमा संचालन गर्ने बताउनु भयो ।सरकारी तथा निजि विद्यालयहरूमा भर्ना भएका तथा विद्यालयभन्दा बाहिर रहेका १० देखि १९ बर्ष उमेर समूहका किशोरीहरू यस कार्यक्रमको लक्षित वर्ग अन्तर्गतका किशोरीहरुलाई विद्यालय जाने किशोरीहरूलाई लागि विद्यालयहरू मार्फत, विद्यालय नजाने किशोरीहरूलाई स्वास्थ्य केन्द्र तथा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका मार्फत आइरन फोलिक एसिड खुवाउने बताउनु भयो ।
कार्यक्रममा शिवराज नगरपालिका स्वास्थ्य शाखाका प्रमुख चुडामणि भटराईले किशोरीहरुलाई रक्तअल्पताबाट बचाउन अनिवार्य आईरन चक्कि खुवाउनुपर्नेमा जोड दिनुभयो । उक्त कार्यक्रममा प्रभावकारी वनाउन स्वास्थ्य शाखा सकृय भएर लाक्ष्ने बताउनु भयो ।
कार्यक्रमा शिक्षा शाखा अधिकृत पुर्ण विकले आईरन चक्कि वितरण कार्यक्रमलाई प्रभावकारी बनाउन नगर भित्रका सामुदायिक तथा सस्थागत विध्यालयहरु सगँ संमन्वय गरेर अगाडि बढ्ने बताउनु भयो ।
कार्यक्रमा सहभागि स्वास्थ्यकर्मि तथा फोकल शिक्षकहरुले ,किशोरीहरुलाई आइरन फोलिक एसिड चक्कि खुवाने राष्ट्रिय अभियान नै रहेकोले एक दिन सिमित ब्यक्तिहरुलाई जुटाएर गोष्ठी तथा समिक्षा गरेर मात्रै प्रभावारी बनाउन नसकिने
बताएका थिए ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























