मकवानपुरमा ट्र्याक्टर दुर्घटना २ को मृत्यु
हेटौंडा — मकवानपुरको बकैया गाउँपालिका—११ सिमातमा बुधबार ट्र्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुने दुवै जनाको पहिचान खुलेको छैन ।
कान्तिलोकपथको ठिगनबाट हेटौंडातर्फ आइरहेको ना ४ त ६०७५ नम्बरको ट्र्याक्टर सडकबाट २ सय ५० मिटर तल खसेको थियो ।
मृतकमध्ये एक जनाको घटनास्थलमै र एक जनाको उपचारका लागि हेटौंडा ल्याउँदै गर्ने क्रममा बाटोमै मृत्यु भएको प्रहरी निरीक्षक राजकुमार सापकोटाले बताए । ‘घटनास्थलमा प्रहरी पुगेको र थप अनुसन्धान गरिरहेको छ,’ उनले भने ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















