विपन्न परिवारकाे साहारा बन्दै नेविसघं र तरुणदल
कपिलवस्तु । नेपाली कांग्रेसका भातृ संगठन नेपाल विद्यार्थी सघं कपिलवस्तु र तरुण दलको संयुक्त आयोजनामा वाणगंगाका एक विपन्न परिवारलाई क्रिया खर्च सहयोग गरेका छन् ।
सामाजिक कार्यका लागी नेविसघं र तरुणदल को अभियान भन्ने मुल नाराका साथ कपिलबस्तुको वाणगंगा नगरपालिका–११ मैरीमा कमला थारुको परिवारलाई उक्त सहयोग गरिएको नेविसंघका नेता चन्द्रकान्त पोख्रेललले बताए । थारुको केही दिन पहिला मृत्यु भएको थियो भने परिवारमा वुवाको १ वर्ष पहिले मृत्यु भएको थियो ।
थारुको पारिवारिक आर्थिक अबस्था कमजोर भएका कारण काजक्रिया गर्नका लागि समस्या सिर्जना भएको आफूहरुले सुनेको र सहयोग गरेको कांग्रेस कपिलवस्तुका सचिव एवम् जिल्ला सभापति शक्तिसिंह ठकुरीले बताए । ठकुरीले जिल्लामा मानवीय कार्यमा आफूहरुले सहयोग गर्दै आएको र बताउँदै त्यही प्रकिृतिका कार्यक्रमहरुलाई निरन्तता दिएको बताए ।
नेविसंघ र तरुण दलले परिवारलाई आवश्यक पर्ने एक चामल, आलु , तेल , नुन, प्याज, सोयाविन, पिठो, मसला, तिल, चिनि, भुजा, चियापत्ति प्लाष्टिकका ग्लास र थालहरु, सिरक, डसना झुल , सिरानी , तन्ना , प्लाष्टिक को वाल्टी सहित तगद रु ७ हजार पिडित परिवारलाई सहयोग गरेको होविपन्न परिवार र १३ औ दिनको काजक्रिया उम्काउन समस्या भएको स्थानीइ कांग्रेसका कार्यकर्ताहरुले खवर गरेपछि नेविसघं र तरुणदल कपिलवस्तुले सहयोग गरेको हो । यस्तै नेविसंघ र तरुणदल कपिलवस्तुले आमा वुवा विना का बालबच्चाको पठनपाठन का लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।सहयोग कार्यक्रममा बाणगंगा नगरपालिकाका नगरप्रमुख मङल प्रसाद थारु , कपिलबस्तु जिल्ला समन्य समिति कि उपप्रमुख तारावति चौधरि , नेविसघं का प्रदेस सहसचिव खिमानन्द घिमिरे , दुर्गा सेन ,रवि काफ्ले , टेक बहादुर शाहि , प्रविन पौडेल , मधुसुधन भुसाल , नारायण आचार्य , गणेस ढुङ्गना , भग्गु थारु, श्याम कुमार गुप्ता, रामनारायण थारु , असलम खान , पदम प्रताप सेन र नविन ढुङ्गना लगायतको उल्लेख्य सहभागिता रहेको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















