कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ९ मा रहेको जोकोही खोलामा मापदण्ड विपरीत नदिजन्य पदार्थ उत्खनन् गर्ने शृङ्खला राकिएको छैन् । मंसिर १६ गते नगरपालिकासंग सम्झौता भई काम सुरु गरेको खड्का काष्ठ फर्निचर सप्लायर्सले केहि दिनमै मापदण्ड विपरीतका औजार प्रयोग गरी नदिजन्य पदार्थ उत्खनन्को काम गरि गरिरहेको स्थानीयले बताउँदै आएका छन् ।

उक्त खोलामा केही दिनसम्म मापदण्ड विपरीतका औजार प्रयोग गरिएको र र पछि उक्त औजारहरु हटाइएको बताइएको छ । सुरुमै मापदण्ड विपरीत विभिन्न मेसेनरी औजार प्रयोग गरेपछि आगामी दिनमा त्यसले गर्ने काम प्रति प्रश्न उठेको छ । ३२ लाखमा सम्झौता भएको उक्त खोलावाट ४५ सय घटमिटर मात्र निकाल्न पाईने उल्लेख छ । सम्झौतामा कुनै औजार प्रयोग गर्ने उल्लेख छैन । ठेकेदार कम्पनीले उत्खनन गरेपछि त्यसको अनुगमन तथा निरीक्षण गर्नुपर्ने नगरपालिकाको स्थानीयवासीबाट आएको गुनासोमा कुनै चासो नदेखाउनुमा उनीहरूको समेत मौन समर्थन रहेको आशङ्का स्थानीयवासीले गरेका छन् । ठेकेदार कम्पनीले आफूहरुले सम्झौता र मापदण्ड विपरीत उत्खनन नगरेको दाबी गरेको छ ।
यसैबीच जिल्लाका पश्चिमी तथा विकट क्षेत्रमा लागेका नदीजन्य पदार्थको ठेक्कामा जिल्ला समन्वय समिति कपिलवस्तुको पनि कमजोरी देखिएको गुनासो आएको छ । समितिले अनुगमनका नाममा फितलो अनुगमन गरेको भन्दै समितिका संयोजक नारायण खनालको आलोचना बढ्न थालेको छ स्थानीय सरकार गठनपछि पहिलो पटक उक्त समितिको संयोजकमा खनाल छन् । समितिले प्रभावकारी काम गर्न नसके तथा काममा ढिलासुस्ती गरेको भन्दै संयोजक खनालको आलोचना बढ्न थालेको हो । संयोजक खनाल हालै नेपाली कांग्रेसको १४ औ महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा पराजित समेत भएका थिए ।