सशक्त एमाले र समृद्ध कपिलवस्तुको सपना साकार पार्न मेरो उम्मेद्बारी – केसी
कमल विष्ट , कपिलवस्तु। नेकपा एमाले कपिलवस्तुका प्रभावशाली नेता तथा लुम्बिनी प्रदेश सभा सदस्य अर्जुनकुमार केसीले नेकपा एमाले लाई जनता माझ थप लोकप्रिय र सशक्त बनाउदै त्यस जनाधारमा टेकेर समृद्ध कपिलवस्तु निर्माणको उदेश्य सहित नेकपा एमालेको कपिलवस्तु जिल्ला उपसचिवमा उमेदवारीको घोषणा गरेको बताउनुभएको छ ।
राजनितिक यात्रा र संघर्षका दौडान जनअनुमोदित भै लुम्बिनी प्रदेश सभा सदस्य हुने अवसरको लुम्बिनी प्रदेश सभा सदस्य केसीले जनप्रतिनिधिको रुपमा निर्वाचित भएयता कपिलवस्तुको विकास कार्य एवम् प्रतिनिधित्वको हिसाबले जिल्लाको गरिमा बढाउन सफल देखिनुभएको आम नागरिकको बुझाइ छ, पछिल्लो समय विद्यार्थी, युवा, प्रौढ सबैको ध्यान तान्न सफल केसी जनता माझ लोकप्रिय जनप्रतिनिधिको रुपमा समेत परिचित हुनुहुन्छ ।
नेता केसीले एक जनप्रतिनिधिले गर्नुपर्ने कर्तव्य पुरा गर्न आफु दिलो ज्यान दिएर लागिपरेको विभिन्न उदाहरण दिदै उहाँले पार्टी लाई अझ सशक्त बनाउदै आन्तरिक निति निर्माणमा समेत भूमिका खेल्नुपर्ने धेरै नेता एवम् सुबेच्छुकहरुको आग्रह देखिएकाले सबैको चाहना र सपना पुरा गर्न अब पार्टी नेतृत्वमा समेत भूकिका खेल्नुपर्ने देखिएकोले उपसचिवमा उम्मेद्बारी दिने घोषणा गरेको जनाउनुभएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























