सरुवा रोग सम्वन्धी २ दिने अभिमुखीकरण कार्यक्रम सञ्चालन
ज्ञानेश्वर सहानी/ नवलपरासी/ १५ पुस ।
रामग्राम नगरपालिकको स्वास्थ्य शाखाको आयोजनामा विभिन्न सरुवा रोग, नसर्ने ,जुनेटिक मानसिक स्वास्थ्य सम्वन्धी २ दिने अभिमुखीकरण कार्यक्रम सञ्चालन भएको छ।
रामग्राम नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा सुरु भएको कार्यक्रममा विभिन्न प्रकारका सरुवा रोग ,नसर्ने ,जुनेटिक मानसिक स्वास्थ्य सम्वन्धी २ दिने अभिमुखीकरण कार्यक्रम रामग्राम नगरपालिकाको नगर प्रमुख नरेन्द्र कुमार गुप्ताको अध्यक्षतामा सुरु भएको हो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख गुप्ताले यस्ताे विषम परिस्थिति सरुवा रोग अर्थात कोभिड-१९ ले गर्दा नै आएको हो भन्दै आगामी दिनमा यस्ता सरुवा रोगबाट नगर वासी हरुलाई संरक्षण गर्न यस्ताे तालिम जरुरी रहेको बताएका छन्। नगरपालिकाले हरेक समयमा जनताको साथमा रहेको बताउँदै कोभिड-१९ को तेस्रो संक्रमण नेपालमा पनि बृद्धि भईरहेको ले सचेत रहन तथा सम्पूर्ण स्वास्थ्कर्मीहरु लाई जनताको सेवामा खटिन निर्देशन समेत दिएका थिए ।
कार्यक्रममा रामग्राम नगरपालिकाको उप प्रमूख रम्भा कुँवर, निमित्त प्रमुख प्रशासकीय अधिकृत रुद्र प्रशाद रेग्मीले मन्तव्य राखेका थिए भने स्वास्थ्य स्वयंसेविकाहरू र शिक्षकहरुको कार्यक्रममा सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























