सामुदायिक मेलमिलाप कर्ताको पुर्नताजगि तालिम सुरु ,
ज्ञानेश्वर सहानी / नवलपरासी/ १५ पुस।
पश्चिम् नवलपरासीको रामग्राम नगरपालिकामा सामुदायिक मेलमिलाप कर्ताहरुको लागी पुर्न ताजगी तालिम परासीमा सुरु भएको छ ।
रामग्राम नगरपालिकाको आयोजनामा नगरपालिका भित्र रहेको वडा न: ०१ देखि १८ सम्मका सामुदायिक मेलमिलाप कर्ताहरुका लागी ३ दिने पुर्न ताजगी तालिम रामग्राम नगरपालिकाको नगर उप प्रमुख तथा न्यायिक समिति संयोजक रम्भा कुँवरको अध्यक्ष्ाता तथा रामग्राम नगरपालिकाको नगर प्रमुख नरेन्द्र कुमार गुप्ताको प्रमुख अतिथिक्ता तथा रामग्राम नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत रुद्र प्रशाद रेग्मीको अतिथिक्तामा सुरु भएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि गुप्ताले गाउँको समस्या गाउँमा नै समाधान गर्न सामुदायिक मेलमिलाप कर्ताले राम्रो भुमिका निर्वाह गर्दै आएको प्रशंसा गर्दै आगामि दिनमा पनि यस तालिम ले सहयोग गर्ने बताएका छन्।
कार्यक्रममा बोल्दै न्यायिक समिति संयोजक रम्भा कुँवरले सामुदायिक मेलमिलाप कर्ताले गर्दा हामी न्यायिक समिति का सदस्यलाई सजिलो भएको तथा यस तालिमले नया बनेको कानुन एन बारे जानकारी प्राप्त भई गाउँ घरको समस्या गाउँ घर मै समाधान गर्न अझ सजिलो हुने विश्वास व्यक्त गरेको छिन् ।
कार्यक्रम रामग्राम नगरपालिकाको वडा न १ देखि १८ सम्मका सामुदायिक मेलमिलापहरु तालिम नगरपालिकाको सभा हलमा हिजो देखि सुरु भएको शनिवार समापन हुनेछ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















