कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. ७ ले निःशुल्क आँखा शिविर कार्यक्रम गरी वडावासीको ज्योती बनेको छ ।

269827165_2271944502961520_550715551458949907_n.jpg

वडा कार्यालयको आयोजना, रण अम्बिका आखाँ अस्पताल भैरहवा र लायन्स क्लव अफ बुटवलको प्राविधिक सहयोगमा उक्त शिविर सम्पन्न गरिएको छ ।शिविरमा आँखा जाँच, औषधी वितरण र मोतिया बिन्दुको अप्रेशन समेत निःशुल्क गर्ने ब्यबस्था वडा कार्यालयले मिलाएको थियो । जसमा ४ सय ७ जना आखाँ रोगीहरुको आँखा जाँच भएको छ भने ५३ जना मोतिया बिन्दुका रोगीहरु फेला परेका छन् । ती ५३ जनालाई आजै निःशुल्क गाडीको ब्यबस्था गरी निःशुल्क अप्रेशनको लागि वडा कार्यालयले लायन्स आँखा  अस्पताल बुटवल पठाएको वडाध्यक्ष बिष्णु गिरीले जानकारी दिनुभएको छ ।

बाणगंगा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेले र शाखाका उप प्रमुख भक्ति पाण्डेले कार्यक्रमको अनुगमन गर्नुभएको थियो । शिविरमा स्वास्थ्य परिक्षणलाई अन्त्यन्तै ब्यबस्थापन गरि अपांग, अशक्त, अप्रेशन गरेका पुराना बिरामी र अति बृद्धबृद्धाहरुलाई प्राथमिकतामा राखी परिक्षणको ब्यबस्था मिलाईएको थियो । वडाका सबै जनप्रतिनिधि, वडाका ८ वटै टोल विकास संस्थाका पदाधिकारी दिनभर खटेका थिए भने जनचेतना आधारभुत विद्यालयका प्रधानाध्यापक शम्भुराम खनाल र सहायक प्रधानाध्यापक देवेन्द्र थापाले पनि ब्यबस्थापनमा सक्दो सहयोग पुर्याउनुभएको थियो ।