बिकास थापा ,कपिलवस्तु षौष १३ ।

कृषि ज्ञान केन्द्र कपिलवस्तुले जिल्लाका सञ्चारकर्मीहरु सगं चालु आर्थिक बर्षको कार्यक्रम र बजेटका बिषयमा अन्तरक्रिया कार्यक्रम गरेको छ । मगंलबार कृषि ज्ञान केन्द्रको कार्यालयमा भएको अन्तरक्रिया कार्यक्रममा कार्यालय प्रमुख डाक्टर रबिन्द्रनाथ चौवेले यसबर्षका लागि १३ करोड १४लाख ९३ हजार बार्षिक बजेट रहेको जानकारी गराउनुभएको छ । जसमा चालु तर्फ ११ करोड ९४ लाख ३८ हजार र पुजिगत तर्फ १ करोड २० लाख ५५ हजार बजेट बिनियोजन भएको बताउनुभयो । यसबर्ष कृषि उत्पादन ,खाद्य तथा पोषण सुरक्षा कार्यक्रम ,स्मार्ट कृषि गाउँ कार्यक्रम ,अभियानमूखि मिसन कृषि तथा पशुपन्थी बिकास कार्यक्रम ,कृषि तथा पशुपन्छी श्रोत तथा प्रबिधि सेवाटेवा बिस्तार कार्यक्रम रहेका छन । यस्तै कृषि ज्ञान केन्द्रहरु साधारण ,कृषि बिकास रणनिति अनुगमन तथा समन्वय कार्यक्रम ,प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनामा छुट्याएको बजेटका बारेमा जानकारी गराईएको थियो । कार्यक्रम बिगतका बर्षका कार्यक्रमहरुबाट देखिएका प्रभाबका बिषय , खाद्य बासलातको अवस्था ,सेवा प्रवाहको अवस्थाका बिषयमा पनि छलफल गरिएको थियो । सोही बिषयमा सञ्चारकर्मीहरुले आआफना जिज्ञासा राखेको थियो । सञ्चारकर्मीहरुले बास्तविक कृषकहरुलाई मध्यनजर गर्दै ज्ञान केन्द्र कार्यक्रमलाई अघि बढाउनुपर्नेमा जोड दिएका छन । उनीहरुले गाउगाउका किसानहरुमाझ पुगेर उनीहरुका समस्या सुनि दिन सुझाब समेत दिएका छन । कार्यक्रममा बोल्दै पत्रकार महासंघका कपिलवस्तुका अध्यक्ष किरणमान बज्राचार्यले ज्ञान केन्द्रका कार्यक्रमलाई मिडियामार्फत किसानहरु समक्ष पु¥याउन सञ्चारकर्मीले कलम चलाउने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ । कार्यक्रमका प्रमुख अतिथ्यती समेत रहनुभएका बज्राचार्यले प्रभाबकारी ढंगबाट बजेटको सदुपयोग गर्दै कृषि क्षेत्रमा काम गर्न ज्ञान केन्द्रलाई सुझाब दिन्ुभयो । कार्यक्रमको सञ्चालन कृषि ज्ञान केन्द्र कपिलवस्तुका कर्मचारी शिबपुज गुप्ताले गर्नुभएको थियो ।