कपिलवस्तु ।
सिनर्जी बहुउद्देश्यीय सहकारी ‌सस्था लि. ले हालै ६ बटा सहकारीहरु एकिकरण गरी आफ्नो प्रारम्भिक साधारण सभा सम्पन्न गरेको छ । सस्थाका शेयर सदस्यहरुको सङख्या झण्डै ८ हजार भएको हुदा एकै ठाउमा साधारण सभा भेला गर्न सम्भव नदेखियकाले संस्थाको तदर्थ समितिको निर्णय अनुसार यहि पौष १०,११,१२ गते क्षेत्रगत गर्ने निर्णय भए बमोजिम १० गते श्री जनचेतना आधारभुत बिधालय बनगाईमा बाणगंगा नगरपालिका वडा नं. ५,६,७,९ मा बसोबास गर्ने शेयर सदस्यहरुलाई सहभागि गराउने गरी र पौष ११ गते आइतवार बा न पा ८ बोडगाउ स्थित जलेश्वर धामको प्राङ्गणमा बाणगंगा न पा बडा नं.८ मा बसोबास गर्ने शेयर सदस्यहरुलाई समाबेस गर्ने गरी साथै पौष १२ गते सोमबार संस्थाकै जितपुर स्थित मुख्य कार्यालयको प्राङ्गणमा बाणगंगा न पा बडा नं. १,२,३,४,१०,११ मा बसोबास गर्ने शेयरसदस्यहरू समावेस हुने गरी सब्य भव्य रूपमा शान्तिपुर्ण वातावरण मा सम्पन्न भएको छ ! साथै १० गतेको प्रारम्भिक साधारण सभा कार्यक्रमको समुद्घाटन सोहि क्षेत्रको जेष्ट महिला सदस्य पार्वता खड्का र संस्थाका अध्यक्ष लक्ष्मण प्रसाद बेल्बासे बाट भएको थियो भने स्वागत मन्तव्य बनगाई सेवा केन्द्रका संयोजक विनिराम पौडेल र शुभकामना मन्तव्य सल्लाहकार लक्ष्मी गैरेले दिनुभएको थियो त्यसैगरी पौष ११ गतेको कार्यक्रममा कार्यक्रमको समुद्घाटन सोहि क्षेत्रको जेष्ट महिला सदस्य शान्ति देबि पौडेल र संस्थाका अध्यक्ष लक्ष्मण प्रसाद बेल्बासे बाट भयको थियो भने स्वागत मन्तब्य बोडगाउँ सेवा केन्द्र संयोजक हुमनाथ पौडेल राख्नुभयको थियो भने शुभकामना मन्तव्य शेयर सदस्य रूपा भण्डारी सल्लाहकार लक्ष्मी कडेल र वडा अध्यक्ष गुणानिधि भुसालले राख्नुभयो भने प्रारम्भिक साधारण सभा कोअन्तिम दिन पौष १२ गते जितपुरको कार्यक्रम समुद्घाटन सोहि क्षेत्रको जेष्ठ महिला सदस्य महेश्वरी पौडेल र कपिलबस्तु क्षेत्र न १ प्रदेक क का प्रदेश सभा सदस्य बिष्णु पन्थिबाट भएको थियो भने स्वागत मन्तव्य सेवा केन्द्र जितपुर संयोजक संकर पाण्डेले राख्नुभयो शुभकामना मन्तब्य संस्थाको सदस्य कल्पना शर्मा, कार्यक्रम बिकास तथा अनुसन्धान उप समितिका सदस्य डम्वर प्रसाद शर्मा, सहकारी संघ लुम्बिनि प्रदेश लेखा संयोजक तेजप्रसाद आचार्य र कपिलबस्तु क्षेत्र न १ क का प्रदेश सभा सदश्य बिष्णु पन्थीले दिनुभएको थियो कार्यक्रमका निम्न प्रतिबेदन प्रस्तुत र छलफल भएका थिय !
१) संस्थाको प्रगति प्रतिबेदन प्रस्तुत- सचिव कृष्णप्रसाद न्यौपाने
२)कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत- कोषाध्यक्ष चिरन्जिवी पन्थ
३) लेखा सुपरिवेक्षण प्रतिवेदन प्रस्तुत – लेखा संयोजक डि बि रेश्मि मगर र लेखा सदस्य कृष्णप्रसाद पाण्डे
४) लेखा परिक्षण प्रतिवेदन प्रस्तुत- सस्थाका व्यवस्थापक दिनामणी खनाल
५) निति तथा कार्यक्रम प्रस्तुत – अध्यक्ष लक्ष्मण प्रसाद बेल्वासे
६) आबधिक व्यवसायीक योजना तथा बजेट प्रस्तुत – उपाध्यक्ष कुलराज पौडेल
६) संस्थाका अन्य प्रस्ताबहरु प्रस्तुत – संस्थाका अध्यक्ष लक्ष्मण प्रसाद बेल्बासे ले गर्नुभएको थियो साथै सबै प्रतिवेदन तथा प्रस्तावहरु ३ दिनकै साधारण सभा बाट सर्वसम्मत अनुमोदन तथा पारित भएको थियो !! संस्थाको आगामि ४ बर्षका लागि सञ्चालक समिति मा क्रमस अध्यक्ष लक्ष्मण प्रसाद बेल्बासे , उपाध्यक्ष कुलराज पौडेल , सचिब कृष्णप्रसाद न्यौपाने, कोषाध्यक्ष चिरञ्जिवी पन्थ सदस्यहरुमा क्रमस सुर्य प्रसाद पौडेल ,दिपक पन्थी, चेतनारायण ढकाल, गंगा के सी, बिष्णु प्रसाद न्यौपाने, संकर पाण्डे,मनु पाण्डे पौडेल, कल्पना शर्मा, शर्मिला गिरी निर्बिरोध निर्वाचित हुनु भएको थियो ! लेखा सुपरिवेक्षण समितिमा संयोजक डि बि रेश्मी मगर, सदस्यहरुमा कृष्णप्रसाद पाण्डे र भिम पाण्डे निर्वाचित हुनुभएको थियो !
तिन दिनकै प्रारम्भिक साधारण सभा को अध्यक्षता संस्थाका अध्यक्ष लक्ष्मण प्रसाद बेल्बासेले गर्नु भयको थियो भने कार्यक्रम सञ्चालन संस्थाका सचिव कृष्णप्रसाद न्यौपाने ले गर्नुभएको थियो !