कृष्ण पौडेल विजयनगर।

विजयनगरमा प्रथम राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा आयोजित एक कार्यक्रममा जेष्ठ नागरिक लाई सम्मान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आज पालिकामा“सभ्य नागरिकको पहिचान ः जेष्ठ नागरिकको सम्मान भन्ने राष्ट्रिय नाराको साथ दिवस मनाएको हो ।

विजयनगरमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले जेष्ठ नागरिकको अधिकार रहेपनि कार्यान्वयन नभएको दाबि गरेको छन् । विजयनगर गाउँपालिकाको वडा नं ६ को हरिबोध प्रा वि मा भएको कार्यक्रममा सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले व्यानर पढेर उद्घाटन गर्नु भएको थियो ।

दिनप्रतिदिन बढदै गएको जेष्ठ नागरिकको संख्यालाई उचित व्यावस्थपान गरि उनीहरुको जीवनयापन सहज र सम्मानित बनाउने हामी सबैको दात्यिव हो, उहाले भन्नु भयो ।
पालिकाले विगतका वर्षहरुमापनि जेष्ठ नागरिकको सम्मानका लागि विशेष कार्यक्रम गरेको भन्दै आगामी दिनमा पनि यसलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो ।
जेष्ठ नागरिकलाई घरपरिवारको माया, साथ सहयोगको आवश्यक पर्ने भन्दै उनिहरुलाई हेयको दृष्टी नहेरी माया र स्नेह दिन आग्रह गर्नुभयो ।

कार्यक्रममा बोल्दै गांउपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले जीवनको उर्वर समय परिवारको  लालन पाल्नका साथै समाज र राष्ट्रको सेवामा सामर्पित भई अथाह ज्ञानको  र अनुभवकाका खानि समेत रहेको बताउनु भयो । जेष्ठ नागरिकको लागि गरेको काम स्रहानिय रहेको बताउनु भयो।

विजयनगरका जेष्ठ नागरिक संजालका अध्यक्ष कृष्ण काउछा मगरले जेष्ठ नागरिकलाई पालिकाले सम्मान गरेकोमा धन्यबाद दिनु भयो । कार्यक्रममा  विरमाया सुनारको स्वागत मन्तव्य रहेको थियो भने कार्यक्रम संचालन यमकला रेशमीले गर्नु भएको थियो ।
कार्यक्रममा वडा अध्यक्ष, कार्यपालिका सदस्य, पत्रकार जेष्ठ नागरिक लगाएतको उपस्थिती रहेको थियो ।