बाँके, ९ पौष । बलात्कार आरोपमा रोल्पा नगरपालिका रोल्पाका प्रशासकीय अधिकृत सुशील थापा पक्राउ पर्नुभएको छ।सशस्त्र प्रहरीमा कार्यरत एक महिला सुरक्षाकर्मीको जाहेरीका आधारमा थापालाई जिल्ला प्रहरी कार्यालय रोल्पाको टोलीले पक्राउ गरी बाँकेमा बुझाएको हो।आरोपित थापाले पटकपटक महिला सुरक्षाकर्मीलाई बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो। प्रहरीका अनुसार ती सुरक्षाकर्मी बाँकेमा कार्यरत छिन्।बाँके प्रहरी स्रोतकाअनुसार दुई जनाबीच विवाह गर्ने सहमतिमा सम्बन्ध राखिएको थियो। तर अचानक महिला सुरक्षाकर्मीले प्रहरीमा उजुरी हालेपछि घटनाक्रमले नयाँ रुप लिएको बताइएको छ।प्रहरीले प्रशासकीय अधिकृत थापालाई बिहिबार अदालतसमक्ष पेश गरी ७ दिनको म्याद थपेर अनुसन्धान प्रक्रिया अघि बढाएको छ।बाँके प्रहरी स्रोतकाअनुसार दुई जनाबीच विवाह गर्ने सहमतिमा सम्बन्ध राखिएको थियो। तर अचानक महिला सुरक्षाकर्मीले प्रहरीमा उजुरी हालेपछि घटनाक्रमले नयाँ रुप लिएको बताइएको छ।