बागमती प्रदेशमा नवनियुक्त मन्त्री र राज्यमन्त्रीले लिए सपथ
हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले नेपाली कांग्रेसबाट मन्त्री बनाएका ६ जनालाई शपथग्रहण गराएका छन् । नवनियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले शुक्रबार साँझ कांग्रेसबाट मन्त्री बनेका ३ जनालाई सपथ ग्रहण गराएका हुन् भने ३ राज्यमन्त्रीहरूलाई मुख्यमन्त्री पाण्डेले पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।
कांग्रेसबाट मन्त्री बनेका मिलनबाबु श्रेष्ठ उद्योग, वाणिज्य तथा पूर्तिमन्त्री, दीपेन्द्र श्रेष्ठ संस्कृति तथा पर्यटनमन्त्री बनेका छन् भने बलराम पौडेल भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बनेका छन् । यसैगरी भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा सन्तबहादुर प्रजा, स्वास्थ्य राज्यमन्त्रीमा कल्पना नेपाली र रजनी अमात्य जोन्छेले उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्रीको शपथग्रहण गरेका छन्।
शुक्रबार कांग्रेसबाट ६ मन्त्री थप भएएसँगै बागमती प्रदेश सरकार १८ सदस्यीय भएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























