लुम्बिनी प्रदेश शभा सदस्य अर्जुन कुमार केसिले सहकारी संस्थाले सामाजिक भावनाको विकासमा जोड दिनुपर्ने बताउनुभएको छ ।

सुक्रबार सहज बचत तथा ऋण सहकारी सस्थाको १४ औँ बार्षिक साधाराण सभालाई सम्बोधन गर्दै सांसद के सिले सहकारी भनेको सहकार्य मार्फत अगाडि बढ्ने थलो भएको बताउँदै छरियको पुजिलाई एकत्रित गरि बिपन्न समुदायका नागरिकको आर्थिक स्तर उकास्न बचत तथा रिण सहकारी सस्थाको भुमिका महत्वपुर्ण रहेको कुरामा जोड दिनुभएको हो ।

समुदायमा छरीएर रहेका मानिसलाई एकताबद्ध गराउदै सामुहिक लगानिमा सहकारी सस्थाले जोड दिनुपर्ने बताउनुभयो ।
सासंद केसिले सुखि नेपाली र समृद्ध नेपालको लक्ष्यपुरा गर्न सहकारी सस्थाहरु गतिलो माध्यम भएको हुदा सहकारीले गरिब र बिपन्न बर्गलार्य लगानी गर्ने र जिवन स्तर उकास्नमा मदत गर्ने कुरा उल्लेख गर्नुभयो ।

प्रदेश शभा सदस्य केसिले सहकारीमा पुरुषको तुलनामा महिला सेयर सदस्यको संख्या धेरै भएको उल्लेख गर्दै यो राम्रो कुरा भएको र महिलाले आपना बालबालिका कस्तो बाटोमा हिडिरहेका छन भन्ने कुरामा ध्यान दिदै सभ्य समाज निमार्णमा लाग्न अनुरोध पनि गर्नुभयो ।

कार्यक्रमबाट सहकारीका जेष्ठ सदस्यहरुलाई दोसल्ला ओढाएर सम्मान गरीएको थियो ।


कार्यक्रममा सहकारीका अध्यक्ष लिलामणि पौडेलले सहकारीले गर्दा आफै मालिक बन्ने अवसर प्रदान गरेको र बचत गरेको रकमलाई सहि प्रयोग गरी उत्पादनमुखी हुनु पर्ने बताउनु भएको थियोे ।

अध्यक्ष पौडेलले लागानी अनुरुपको उदाहरण संगै महत्त्वपूर्ण कार्ययोजनाका साथ सहकारी अगाडि बढ्ने बताउनु भएको छ । सहज बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष लिलामणि पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सन्चाल सहकारीका व्यवस्थापक कल्लु थारुले गनुभएको थियो ।