बाणगंगा बहुमुखि र नेपाल आदर्शमा अनेरास्ववियु कमिटि बिस्तार ।।
कपिलवस्तु पौष ८ ।
नेकपा एमालेको जनवर्गीय संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) कपिलवस्तु संगठन विस्तारमा लागेको छ । पार्टीको निर्देशन अनुसार पार्टीलाई अझ सशक्त रुपमा अगाडि बढाउनका लागि अहम भुमिका खेल्ने भातृसंगठनअनेरास्ववियु कपिलवस्तु संगठन विस्तारमा ब्यस्त छ । कपिलवस्तुका विभिन्न स्थानीय तहमा पनि पालिका कमिटि गठन गर्ने क्रम तिब्र रुपमा चलेको छ । सोहि क्रममा विकास भट्टराईको अध्यक्षतामा अनेरास्ववियु वाणगंगा बहुमुखी क्याम्पस कमिटी गठन भएको छ । जसको उपाध्यक्षमा किरण भण्डारी सचिवमा साकार भण्डारी ,सह सचिवमा हुमकला अधिकारी,सुस्मिता पौडेल,निरास शर्मा ,कोषाध्यक्षमा छवि न्यौपाने रहनुभएको छ । भने अन्य सदस्यमा रहनुभएको छ । अनेरास्वबियू बाणगंगा नगरकमिटिका अध्यक्ष सन्दिप न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै अनेरास्ववियु कपिलवस्तुका सहसंयोजक दयाराम पौडेल र अनेरास्ववियु केन्द्रिय कमिटि राष्ट्रिय परिषद सदस्य अन्जित खनालले सम्पुर्ण विद्यार्थी संगठित भई अनेरास्ववियुलाई बलियो बनाएमा पार्टी पनि मजबुत हुने बताउनुभयो । उहाँले सम्पुर्ण विद्यार्थीहरुको साझा संगठन अनेरास्ववियु भएकाले जोडिन सम्पुर्णलाई आग्रह गर्नुभयो । यस्तै उता अनेरास्ववियु नेपाल आदर्श बहुमुखी क्याम्पस कमिटी पनि बिस्तार भएको छ । अश्विन के.सीकोे अध्यक्षतामा गठन भएको कमिटिको उपाध्यक्षमा गिता शर्मा ,उपाध्यक्षमाअजिम अहमद मिया ,सचिवमा केशव बेल्बासे ,सहसचिवमा माधव काफ्ले ,महेन्द्र पाल ,कृति चौधरी ,कोषाध्यक्षमा निर्मला मिश्रा र अन्य सदस्य रहनुभएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























