गोपाल बन्जाडे । कपिलवस्तुको शिवराज नगरपालिकामा तनाव व्यवस्थापन सम्बन्धी एक दिवसीय ध्यान शिविर सम्पन्न गरिएको छ । मानव जीवनमा उर्जा बढाउने र जीवन शैलीमा नै सकारात्मक प्रभाव पार्ने उद्धेश्यले तनाव व्यवस्थापन सम्बन्धी एक दिने ध्यान शिविर कार्यक्रम सञ्चालन गरिएको आयोजकले जनाएको छ ।

रोट्ट्रयाक्ट क्लब अफ कपिलवस्तुको आयोजनामा शिवराज–३ खरेन्द्रपुरमा रहेको स्वर्गद्वारी आश्रममा बिहिवार एक दिवसीय ध्यान शिविर कार्यक्रम गरिएको संयोजक दिपक बेल्बासेले जानकारी दिए ।

कार्यक्रमलाई सम्बाेधन गर्दै प्रदेश सांसद अर्जुन कुमार केसीले मेडिटेशन कोठाभित्रै गर्न सकिने भएकोले प्रभावकारी हुने बताए । उनले जोगिङ गर्दा बाटाघाटोमा हुने सम्भावित दुर्घटना हुनबाट जोगिन सकिने बताए । उनले भने “जोगिङका समयमा बाटोमा कुकुर, सर्पले टोक्न सक्छ, सवारी साधनले ठक्कर दिन सक्छ वा ज्यान पनि सक्छ, यस्ता दुर्घटनाबाट हामीलाई सुरक्षित बनाउँछ” ।

 

बुढेसकालसम्म जोगिङ र व्यायाम भन्दा मेडिटेशन लाभदायी हुने उनले बताए । उनले ध्यानले मानिसलाई स्वस्थ र तन्दुरुस्त राख्ने महत्वपूर्ण माध्यम भएकोले एकअर्कालाई सिकाउन आवश्यक रहेको जिकिर गरे । साँसद केसीले ध्यान शिविरको आयोजना गरी सराहनीय कार्यको प्रयास गरेको भन्दै रोट्ट्रयाक्ट क्लबलाई धन्यवादसमेत दिए ।

 

रोट्ट्रयाक्ट क्लब अफ कपिलवस्तुका अध्यक्ष शिशिर (होतराज) पोख्रेलले रोट्ट्रयाक्ट क्लबले सामाजिक उत्तरदायित्वको सेवामा काम गर्दै आएको बताउँदै शिवराज नगरपालिकामा पहिलो पटक मेडिटेशन कार्यक्रम सञ्चालन गरेको जनाए । उनले ध्यान योगाले मन, मस्तिष्कलाई एक ठाउँमा केन्द्रित गरीे तनाव र चिन्तालाई कम गर्न महत्वपूर्ण भुमिका खेल्ने गरेको बताए । मानव जीवन शैलीमा दीर्घकालिन सकारात्मक प्रभाव पार्नका लागि आगामी दिनमा अझै व्यवस्थित रुपमा ध्यान शिविरको आयोजना गर्ने सञ्चालन गर्ने अध्यक्ष पोख्रेलले बताए ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय सदस्य तथा चेम्बर अफ कमर्स कपिलवस्तु अध्यक्ष महादेव पाेखरेल ,राेटरी क्लब अफ कपिलवस्तुका प्रेसिडेन्ट राजकुमार यधा क्षेत्री ,पास्ट प्रेसिडेन्टहरु प्रकाश पौडेल ,ताेयनाथ गैरे अरनिको साकाेसका अध्यक्ष नारायण भाट क्षेत्री लगायतले याेग,ध्यान शिविरका बिषयमा आआफ्नो धारणा राखेका थिए ।
रोट्ट्रयाक्ट क्लबका भाइस प्रेसिडेन्ट गोपाल बन्जाडेको सञ्चालनमा भएको कार्यक्रममा ओसो तपोवन वाणगंगा आश्रमका स्वामी ध्यान गगनले प्रशिक्षण दिएका थिए । ध्यान शिविरमा ६० जना भन्दा बढीको सहभागितामा ध्यान शिविर सम्पन्न गरिएको आयोजकले जनाएको छ ।