कास्कीमा एक जनाले रक्सी पिएर आफ्नै साथीको हत्या
पोखरा, ४ पुस । कास्कीमा एक जनाले रक्सी पिएर आफ्नै साथीको हत्या गरेका छन् । अन्नपूर्ण गाउँपालिका–१० घान्द्रुकमा बागलुङका ५७ वर्षीय शिव परियारलाई बागलुङकै ३६ वर्षका अर्जुन विकले हत्या गरेका हुन् । रक्सी पिएर आपसमा झगडा हुँदा परियारले विकको हत्या गरेका प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।शव घान्द्रुककै चिहान घाटमा भेटिएको थियो । विकलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको कास्की प्रहरी प्रवक्ता डीएसपी सुन्दर तिवारीले बताउनुभयो । हत्याको अन्य कारण भने खुलेको छैन । उहाँलाई कर्तव्य ज्यान सम्बन्धी कसुरअन्तर्गत जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको तिवारीले जानकारी दिनुभयो । उनीहरू कामको सिलसिलामा घान्द्रुक पुगेका थिए ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























