रिपोर्टर्स क्लव नेपाल चन्द्रौटा शाखा कपिलवस्तुको भेला सम्पन्न
कपिलवस्तु- रिपोर्टर्स क्लव नेपाल चन्द्रौटा शाखा कपिलवस्तुको भेला सम्पन्न भएको छ । चन्द्रौटामा सम्पन्न भेलाले पत्रकारको हकहितको लागि नयाँ कार्य समिती सर्बसम्मत पुर्नगठन गरेको छ ।
भेलाबाट नयाँ कार्य समिति अध्यक्षमा सनिउल्ला धोबी, उपाध्यक्ष माधव बेल्बासे, समावेशि उपाध्यक्षमा मनिष गुप्ता, सचिवमा नवराज पौडेल र सीता बेलवासे सर्व सहमति रुपमा चयन भएका छन ।
यसैगरी सहसचिवमा अर्जुन बेल्बासे, कोषाध्यक्षमा माया बस्नेत र सदस्यहरु अनेक पाण्डे, दिपक भण्डारी, केशब बेल्बासे, कृष्ण पौडेल, बृजेश यादव, राम अवतार थारु, घन श्याम भर, विपना पौडेल, देवानन्द ठाकुर, भोला गुप्ता, शम्भु विक, प्रकाश बराल, भुपेन्द्र विक, जानकी पुन लगायत चयन हुनु भएका छन ।
यस्तै रिपोर्टर्स क्लव नेपाल चन्द्रौटा शाखा कपिलवस्तुको पहिलो बैठकपनि सम्पन्न भएको छ । बैठकले ७ सदस्यिय सल्लाहकार समिती चयन गरेको छ । सल्लाहकार समितीमा राजु खराल, चिन्ता परियार, सिताराम चौधरी, शरद अधिकारी, सन्जिव गहतराज, दिपक खड्का, निसा विक रहनु भएको छ ।
कार्य समितीको बैठकले रिपोर्टर्स क्लव नेपाल चन्द्रौटा शाखा कपिलवस्तुको कार्यालय स्थापना गर्ने र शिवराज नगरपालिका ९ शिवगढिमा अयोजना हुन लागेको मैत्रीपुर्ण फुटबल प्रतियोगितामा रिपोर्टर्स क्लव नेपाल चन्द्रौटा शाखाको तर्फबाट सहभागिता जनाई खेलमा प्रतिस्प्रधा गर्ने निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























