काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा २ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार १६ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा २ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ७ हजार ६९१ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा २ सय ६९ जना र १ हजार ३२५ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ९ लाख २१ हजार ३४७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २७० जना कोरोनामुक्त भए, ३ को मृत्यु

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर २ सय ७० जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ८ लाख ०८ हजार ३५३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर ९ हजार १६ जनाको परीक्षण हुँदा हालसम्म कुल ५५ लाख ३४ हजार २५६ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप ३ जना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५७० पुगेको छ ।