नेकपा (एमाले ) अध्यक्ष अाेली बहादुरगंज अाउदा महाराजगन्ज बाट लगभग ५ हजार सहभागी हुने (फाेटाे सहित)
धनी राम काेरी
महाराजगन्ज , पुष १
नेकपा (एमाले ) महाराजगन्ज नगर कमिटीको दाेस्राे बैठक सम्पन्न गरेको छ । पुष ६ गते नेकपा (एमाले ) पार्टीका राष्ट्रिय अध्यक्ष केपि शर्मा अाेली कपिलवस्तु काे बहादुरगंज पार्टी प्रवेश तथा बृहत अाम सभा कार्यक्रममा अाउदा महाराजगन्ज बाट लगभग ५ हजार व्यक्तिहरु सहभागी हुनेछन् ।
महाराजगन्ज नगर कमिटी काे सचिवालय काे दाेस्राे बैठक नगर अध्यक्ष निजामुदिन खाँ काे अध्यक्षता र जिल्ला अध्यक्ष झविलाल पाेख्रेल काे प्रमुख अतिथि मा बैठक भएको हाे ।
१० अाैं राष्ट्रिय महाधिवेशन काे विषयमा छलफल गरिएको ,कृष्णनगर नगरपालिका मा रहेको बहादुरगंज मा पार्टी प्रवेश तथा अाम सभा लाई सम्वाेधन गर्ने कार्यक्रम काे लागि राष्ट्रिय अध्यक्ष केपि शर्मा अाेली अाउने कार्यक्रममा महाराजगन्ज नगरपालिका बाट धेरै भन्दा धेरै मान्छेहरुलाई सहभागी गराउने विषयमा छलफल गरिएको नगर अध्यक्ष निजामुदिन खाँले जानकारी दिनु भयो ।
महाराजगन्ज नगरपालिका भित्र काे सबै वडाहरु बाट मिलाएर लगभग ५ हजार भन्दा बढी व्यक्तिहरुकाे त्याे कार्यक्रममा सहभागी गराउने उद्देश रहेको छ । नगर भित्र नेकपा (एमाले ) पार्टी लाई अझै मजबुत र बलियो बनाउन काे लागि दिनरात काम गरिरहेकाे नगर अध्यक्ष खाँ ले बताउनु भयो ।
उक्त बैठक मा प्रमुख अतिथि जिल्ला अध्यक्ष झविलाल पाेख्रेल , विशिष्ट अतिथि जिल्ला उपाध्यक्ष बाबुराम खनाल , महाराजगन्ज नगर इन्चार्ज मेराज अहमद खान , नगर अध्यक्ष निजामुदिन खाँ , अखिल नेपाल पिछडावर्ग महासंघ का केन्द्र सदस्य अभिषेक मणि यादव , राष्ट्रिय युवा संघ महाराजगन्ज का अध्यक्ष दिपक द्विवेदी, जिल्ला सदस्य माेहम्मद हुसेन चाैधरी र अब्दुल माबुद खान लगायत प्रतेक वडा कमिटी का अध्यक्षहरुकाे पनि सहभागीता रहेको थियो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























