भ्रष्टाचार विरुद्ध बृहत हस्ताक्षर अभियान सम्पन्न
विजयनगर
आज कपिलवस्तुको बिजयनगर गाउँपालिकामा अन्तर्राष्ट्रिय भ्रष्टाचार बिरुद्धको दिवसको अवसरमा शुन्य सहनशीलताका लागी भ्रष्टाचार विरुद्ध बृहत हस्ताक्षर अभियान सम्पन्न भएको छ ।
बिहीवार बिजयनगर गाउँपालिकको कार्यालय तथा वाडहरुमा सम्पन्न भएको हो । बृहत हस्ताक्षर अन्तर्राष्ट्रिय भ्रष्टाचार बिरुद्धको दिवसको अवसरमा शुन्य सहनशीलताका लागी भ्रष्टाचार विरुद्ध बृहत हस्ताक्षर अभियान निमित्त प्रमुख प्रशासकीय अधिकृत हिमलाल पोख्रेलले शुभ आरम्भ गर्नु भएको हो ।
कार्यक्रमको आयोजना आदर्श युवा क्लब तथा युवा सूचना केन्द्र बिजयनगर कपिलवस्तु समन्वय, जिल्ला युवा क्लब संजाल कपिलवस्तु तथा इन्द्रेणी ग्रामिण बिकास केन्द्रको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















