महिला र युवाहरुको लागि उद्यमशिलताको स्रोतमा पहुँच सम्बन्धि अन्तक्रिया ।
सीता बेल्बासे । महिला र युवाहरुको लागि उद्यमशिलता विकासका लागि स्रोतमा पहुँच सम्बन्धि अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । आयम सुइडिस डेभलपमेन्ट पाटनर नेपालको सहयोग तथा इन्देणि ग्रमिण बिकास केन्द्र नेपाल आयोजनामा बुधबार शिवराज ५ चन्द्रौटामा उक्त कार्यक्रम भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै शिवराज नगरपालिका नगर प्रमुख नेत्रराज अधिकारीले महिला र युवाहरुको लागि स्वारोगार बनाउने कार्यक्रम हुनु आबश्यक रहेको बताउदै शिवराज नगरले पनि सामाजिक विकास कार्यक्रमको लागि युवा,महिला किसोरकिसोरी एकल महिलाको हकमा करिव १ करोड बजेट राखेको बताउनु भयो ।
साथै प्रमुख अधिकारीले समृद्धि देश निर्माणमा युवाकोनै ठुलो भुमिका रहने हुदा दिगो बिकास गर्नका लागि नागरिकलाई उदमशिल नबनाय सम्म सम्भव नभएकोले सस्थाले गर्ने कार्यक्रममा पनि नागरिकका सवाल उठाउनु पर्न आवस्यक रहेको बताउदै इन्द्रेणी ग्रामीण बिकास केन्द्र नेपालले नागरिकलाई उद्दमशिल बनाउन जोडदियकोमा खुशी ब्यत्त गर्नु भयो ।
कार्यक्रमको सहजकर्ता चाणक्य अधिकारीले कसरी महिला र युवाहरुको लागि उद्यमशिलता बनाउन सकिन्छ । तिन तहको सरकारले कसरी समेट्ने प्रयास गरेको छ । उद्यमशिलता बनाउने निति कार्यक्रम आए पनि कार्यान्वयन भएका छन् कि छैन्न भन्नेबारेमा प्रकास पार्नु भएको थियो ।
महिला र युवाहरुले स्थानिय स्तर बाट उद्यमशिलता बन्नको लागि बिभिन्न माध्यम बाट बिभिन्न विषय उठान भए पनि कार्यान्वयन नआएको कुरा उढाएका थिए । उक्त कुरालाई समेट्दै शिवराज कृषि शाखा प्रमुख तारा चन्द चौधरी ,पशुशाखा प्रमुख धनेश्वर खनाल,विजयनगर कृषि शाखा प्रमुख राम सुन्दर मालिले प्रमपरागत कृषि बाट आधुनि कृषिलाई अगाडि लानु पर्न बताउनु भयो । कृषि पशु तरकारी लगायतमा पकेट रेहेर स्थानिय सरकारले योजना बनाएने बताउनु भयो ।
यस्तै वाण्ज्यि बैंकका विष्ण्ुाहरि घिमिरे,नेको बिमा इन्सुरेन्सका जनक प्रसाद बेल्बासेले महिला र युवाहरुको लागि उद्यमशिलता विकासको लागि आआफनो ठाउँबाट प्रदान गर्न सक्ने सेवा सुविधा सहुलियत कर्जा प्रदान गर्न कुराको जोड दिनु भयो ।
उद्यमशिलता विकासका लागि स्रोतमा पहुँच ल्याउन स्थानिय सरकारको ठुलो भुमिका रहेने हुदा स्थानिय सरकारले पनि पहल गर्नु पर्न इन्देणि ग्रमिण बिकास केन्द्र नेपालका कार्यक्रम संयोजक राम बुढा मगरले बताउनु भयो ।
कार्यक्रममा इन्देणि ग्रमिण बिकास सामुदायिक बिकास सहजर्कता दुर्गा गिरी बुद्धिकला बि क लगायत बिजयनगर र शिवराजका गरी ३४ जनाको सहभागि रहेको थियो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























