प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसिएशनले बुधबार पनि धर्ना
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसिएशनले बुधबार पनि धर्ना दिएको छ ।
बुधबार पनि बारको अगुवाईमा प्रधानन्यायाधीशको राजीनामा माग गर्दै धर्ना दिइएको हो । विरोध प्रदर्शनका क्रममा बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले न्यायालयमा विचौलियाको संरक्षण भइरहेको र भ्रष्टाचार मौलाएको भन्दै प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने बताए ।
उनले प्रधानन्यायाधीशले विचौलिया पाल्ने काम गरेकाले उनको काम बेठीक भएको भन्दै राजीनामाको विकल्प नभएको धारणा राखे । प्रधानन्यायाधीशको बहिर्गमन नभएसम्म आन्दोलन नरोकिने उनले बताए ।
प्रधानन्यायाधीशलाई महाभियोग लगाउनुपर्ने भन्दै यसअघि बार नेतृत्वले विभिन्न दलका शीर्ष नेतालाई ज्ञापन पत्र समेत बुझाएको छ

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























