चन्द्रौटामा २ दिन देखी खाने पानी नआउंदा सेवाग्राहीलाई सास्ती
नवराज पौडेल कपिलपस्तु ।।
मङ्सिर २२ गते
कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटामा २ दिन देखी खाने पानी नआउंदा सेवाग्राहीले सास्ती खेप्नु परेको छ । २ दिन देखी धारामा पानी नआउदा निकै समस्या भएको सेवाग्राहीहरुले गुनासो गरेका छन् । कहिले समयमा पानी नआउने कहिले पुरै धमिलो पानी आउनलाले पानी खान योग्य समेत नरहेको बताइएको छ । यता चन्द्रौटा कृष्णनगर सडकखण्ड निमार्ण गर्ने क्रममा पानीको पाइप फुटेका कारण पानी आउन नसकेको चन्द्रौटा खाने पानी संस्थाका अध्यक्ष तौफिक खानले बताउनु भयो । पाइप जडानका लागी सामान काठमान्डौबाट ल्याउनु पर्ने भएकाले समान अर्डर भइसकेको र समान आउना साथ काम सम्पन्न गरि आज सांझ सम्म धारामा पानी आउने खानले बताउनु भयो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















