अखिल क्रान्तिकारीलाई अराजक नबन्न अनेरास्ववियु नेता आरसि लामिछानेको चेतावनि
बिकाश भुसाल, काठमाडौ । नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ग्रामीण आदर्श बहुमुखी क्याम्पसले परिचायात्मक तथा चियापान कार्यक्रम सम्पन्न भएको छ । स्थानिय पार्टी कमिटी र अनेरास्ववियु ग्रामिण बहुमुखी क्याम्पस कमिटी बिच सम्पन्न भएको परिचायात्मक तथा चियापान कार्यक्रमका प्रमुख अतिथी अनेरास्ववियु केन्द्रिय कमिटीका बरिस्ठ उपाध्यक्ष आरसि लामिछानेले अखिल क्रान्तिकारी र नेबि संघलाइ प्युँसाको संज्ञा दिदै अनेरास्ववियुलाई प्युसाहरुले जिस्काए त्यस्को परिणाम राम्रो नहुने चेतावनी दिनुभएको छ । चियापान कार्यक्रमलाई सम्बोधन गर्दै अनेरास्ववियु नेता आरसि लामिछानेले केही दिन अघि ग्रामीण आदर्श बहुमुखी क्याम्पसमा अनेरास्ववियु नेता कार्यकर्ता माथी भएको आक्रमण निन्दनीय भएको बताउदै अनेरास्ववियु लाखौं विद्यार्थीको साझा घर भएको र अनेरास्ववियुले पहिलो काम शिक्षा लाई प्राथमिकता दिनु रहेको बताउनु भएको छ । उहाले भन्नुभयो “अनेरास्ववियु आगो हो आगोमा हात नहाल्नुहोस, आगोमा हात हाल्ने नेबि संघ र अखिल क्रान्तिकारीले परिणाम राम्रै भोग्नु पर्ने छ ।”
यस्तै कार्यक्रममा अनेरास्ववियु काठमाडौ जिल्ला कमिटी अध्यक्ष नरेन्द्र न्यौपानेले अनेरास्ववियु हात्तिहो हात्ती सङ कोहि जुध्न सक्दैन र कमिला हरुले हात्ती सङ जुध्ने आट नगर्न सुझाब समेत दिनुभएको छ । यस्तै कार्यक्रममा बिशिस्ट अतिथि अनेरास्ववियु केन्द्रिय अनुशासन आयोगका अध्यक्ष दिपेश प्रसाईंले अनेरास्ववियुले अराजक गर्न र गराउन नजानेको बताउदै शैक्षिक र सामाजिक राजनीतिक आन्दोलनमा अनेरास्ववियु खेलेको भुमिका स्पष्ट पार्नुभयो । उहाले भन्नुभयो “अनेरास्ववियु शिक्षित राजनीति र सामाजिक परिवर्तनका आन्दोलनको धरोहर हो, नेबि संघ र अखिल क्रान्तिकारी जस्ता अराजक तत्तव सङ अनेरास्ववियुको तुलना गर्न मिल्दैन । ”
अनेरास्ववियु ग्रामीण आदर्श बहुमुखी क्याम्पसको सभाहलमा सम्पन्न चियापान कार्यक्रममा अनेरास्ववियु ग्रामीण आदर्श बहुमुखी क्याम्पस कमिटी अध्यक्ष लक्षमण तिमिल्सिनाको अध्यक्षता, अनेरास्ववियु केन्द्रिय कमिटीका बरिस्ठ उपाध्यक्ष आरसि लामिछानेको प्रमुख आतिथ्यता, अनेरास्ववियु केन्द्रिय अनुशासन आयोगका अध्यक्ष दिपेश प्रसाइँ, अनेरास्ववियु काठमाडौ जिल्ला कमिटी अध्यक्ष नरेन्द्र न्यौपाने, एमाले ताराकेश्वर नगर कमिटी अध्यक्ष वासु गौतमको विशिष्ट आतिथ्यता रहेको कार्यक्रमको संचालन अनेरास्ववियु ग्रामीण आदर्श बहुमुखी क्याम्पसका सचिब बिबश धितालले गर्नुभएको थियो । कार्यक्रममा अनेरास्ववियु ग्रामीण आदर्शका निर्वतमान अध्यक्ष द्वय बाबुराम कुवर, रेशम कुवर, अनेरास्ववियुका केन्द्रिय कमिटी सचिवालय सदस्य बिष्नु दाहाल लगायत अनेरास्ववियुका नेता कार्यकर्ता सहित राष्ट्रिय युवा संघ नेपाल र नेकपा एमाले ताराकेश्वर नगर कमिटीका सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो । सयौँको संख्यामा उपस्थित रहेको कार्यक्रमका अनेरास्ववियुका बरिस्ठ उपाध्यक्ष आरसि लामिछानेले अनेरास्ववियुले अब स्वयियु निर्वाचनको लागि तयारी गर्न निर्देशन समेत दिनुभएको हो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























