विनोद मण्डल मंसिर 20 सिरहा । सिरहाको उत्तरी क्षेत्रमा अवस्थित साविक गाउँविकास समिति विष्णुपुरकट्टी 3 तथा हाल धनगढी माई 14 मा विगतको सास्तीमा कमी आउने भएको छ । अत्यधिक खोला नालाको सामना गरेर गन्तवव्य तय गर्नुपर्ने बाध्यता अब बिस्तारै न्यूनीकरण हुँदै गरेको स्थानिय नेपाली कांग्रेसका नेता अमित ठकुरी बताउनु हुन्छ ।

पर्यटन क्षेत्रको रूपमा रहेको सररे खोलाको स्कूल एरियामा निर्माण भएको झोलुङ्गे पूल पछि बिहिबारेबजार र कसाई टार जोड्ने फलामे पुलको निर्माण आजदेखि व्यवस्थित रूपमा अगाडी बढाएपछि स्थानिय खुसी भएको वडा अध्यक्ष ठरेन्द्र राईले बताउनु भएको छ ।
पुर्व पश्चिम राजमार्ग देखि करिब 12 किलोमीटरको दूरीमा निर्माण थालिएको यस पुलले अब वर्षाको समयमा पनि गन्त्यतर्फ जानको लागि कुनै असर स्थानीयलाई नपर्ने स्थानियको भनाई रहेको छ ।