ज्ञानेश्वर सहानी / नवलपरासी /१७ मंसिर

३० औै अन्तराष्ट्रिय अपाङ्गता दिवसको अवसरमा आयोजित एक कार्यक्रममा अपांग भएको बालबालिकालाई सम्मान कार्यक्रम सम्पन्न गरिएको छ । ‘हाम्रो प्राथमिकताको आधार, अपाङ्गता भएका व्यक्तिहरूको अधिकार’ भन्ने मुल नाराका साथ दिवस मनाएको हो ।

पश्चिम नवलपरासी‌को रामग्राम नगरपालिकाको‌ आयोजित अन्तरक्रिया कार्यक्रम‌ को अध्यक्ष कार्यालय प्रमुख रुद्र प्रशाद रेग्मी तथा प्रमुख अतिथि नगर प्रमुख नरेन्द्र कुमार गुप्ता ले गर्नु भएको थियो ।

कार्यक्रम‌मा वोल्ने अधिंकाश व्यक्क्ताहरुले नगरपालिका ले राम्रो काम भएको दावि गरेका छन । रामग्राम नगरपालिकाको कार्यालयमा भएको उक्त कार्यक्रममा सम्बोधन गर्दै रामग्राम नगरपालिका का नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले व्यानर पढेर उद्ध्रघाटन गर्नु भएको थियो भने अपागंता भएका व्यक्तिलाई सहज र उनिहरुले सक्दो रोजगारीको ब्यवस्था गर्नुपर्ने जिकिर गर्नु भएको थियो ।

अपांगता भएका व्यक्तिको ईच्छा आंकक्षा बुझेर उनिहरुलाई आवश्यक सिपमुलक तालिम दिने जानकारी दिनुभयो भने अपाङ्गता भएको बालबालिकालाई आथिक तथा पढ्ने समाग्री दिनु भएको थियो । रोजगारी सिर्जना गरेर उनिहरुलाई आत्मनिर्भर बनाउने आफ्नो उद्देश्य रहेको गुप्ताले बताउनु भएको थियो ।

नगरपालिकाले उक्त नागरिकलाई विभिन्न सेवा प्रदान गरिरहेको समेत जनाकारी दिनुभएको थियो । सिपमुलक तालिमहरु नगरपालिकाको वार्षिक कार्यक्रममा रहेको भन्दै उक्त तालिममा सहभागी हुन समेत अपिल गर्नु भएको छ । अपागंता भएका व्यक्तिलाई टिका लगाएर दोसल्ला ओढएर सम्मान गर्नु पाउँदा खुसी भएको गुप्ताले बताउनु भयो थियो‌ । त्यस्तै कार्यक्रमको स्वागत मन्तव्य महिला तथा बालबालिका शाखा का प्रमुख तारा अयालको रहेको थियो भने कार्यक्रमको संचालन रामअवतारले गर्नु भएको थियो ।