शिवनाथ राउत ।अपाङ्गता समावेशी विकास केन्द्र नेपाल चन्द्रनगर गाउँपालिकाले ३० औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस २०७८ “हाम्रो प्राथमिकताको आधार, अपाङगता भएका व्यक्तिको अधिकार” मुल नाराको साथ भव्य तरीकाले मनाइयो।

चन्द्रनगर गाउँपालिकामा काम गर्ने अपाङ्गता समावेशी विकास केन्द्र नेपाल ( अपाङ्गता संजाल ) ले ग्रामीण नारी उत्पादन हरीपुर र रास्ट्रीय रोजगार प्रवर्द्धन केन्द्र नेपाल , मलङ्गवा सङको सहकार्यमा चन्द्रनगर गाउँपालिकाको प्राङ्गणमा गाउँपालिका भरीको ३०० अपाङ्गता भएको ब्यक्तिहरुको उपस्तिथि गराइ २५ जना अपङ्गता भएको विद्यार्थीलाई शैक्षिक सामग्री र ३० जना अपाङ्गता भएको ब्यक्तिलाइ सम्मान गरिएको हो ।

अध्यक्ष शिवनाथ राउत , प्रमुख अतिथि गाउँपालिका प्रमुख महेन्द्र महतो , विशिस्ट अतिथि उपप्रमुख बिना देवि साह , अतिथि शिक्षा प्रमुख हरिकान्तलाल कर्न ,अतिथि सबै वाडा अध्यक्ष SNV- Nepal को जिल्ला प्रतिनिधि अम्बिका यादव आदिको गन्नयमान्नय व्यक्तिहरुको उपस्तिथिमा कार्यक्रम समापन भएको हो ।