विजयनगरको गुगौलीमा आगलागी हुदा लाखौंको क्षती
विजयनगर
कपिलवस्तुको विजयनगर वडा न।१ गुगौलीमा आगलागी भएको छ । घनश्याम यादवको गोठमा आगलागी भएको स्थानीय उत्तम बहादुर कोरीले जानकारी दिनु भएको छ । आगलागी बाट गोठ सहित १ वटा भैंसी जलेर मृत्यु भएको बताइएको छ भने मानवीय क्षति नभएको ईलाका प्रहरी कार्यालय प्रमुख रण बहादुर बिष्टले जानकारी दिनुभएको छ ।
आगलागी बाट १ लाख ६० हजार बराबरको क्षती भएको प्रहरीले बताएको छ आगो स्थानीयद्वारा नियन्त्रण आएको छ भने आगलागी बिद्धुत सर्ट बाट हुन सक्ने अनुमान गरिएको जानकारी गराइएको छ भने आगलागी करिब ६ बजे भएको बताइएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























