शिवराज वडा न ३ मा ढकिया निर्माण तालिम समापन ।
सीता बेल्बास । शिवराज ३ मदवामा ढकिया निर्माण सम्बधि तालिम समापन भएको छ । शिवराज नगरपालिका वडा न. ३ को सहयोगमा किर्डाक नेपालको समन्वयमा गुराँस स्वावलम्बन समुहको आयोजनामा बुधबार एक कार्यक्रका बिच उक्ततालिम सम्पन्न भएको छ । समापन कार्यक्रमलाई सम्बोधन गदै शिवराज नगरपालिका नगर उपप्रमुख शिव कुमारी थारुले बिभन्न तालिम बाट सिकेका कुरालाइ व्यावहारमा लागु गर्दै दिगो रुपमा अगाडि बढाउनु पर्न बताउनु पर्न बताउदै ढकिया निर्माणमा मेहनत लागे पनि दिगो रुपमा अगाडि बढाउनु सकेमा आर्य आर्जनमा टेवा पुग्ने बताउनु भयो । साथै थारु संस्कृतिको पनि पहचान हुने उहाँले बताउनु भयो ।
यस्तै शिवराज नगरपालिका वडा न. ३का वडाअध्यक्ष टेकलाल सापकोटाले महिलाहरु लाइ शसंक्त रुपमा आर्य आर्जन गर्न उद्धेश्यले यस्ता तालिम दिदै आएको बताउनु भयो । तालिममा सिकाका सिपलाई कसरि आर्य आर्जन गर्न सकिन्छ भन्ने कुरामा ध्यान दिन सहभागिलाइ आग्रह गर्नु भयो । साथै किर्डाक नेपालले बिभिन्न संवाद क्लव गठन गदै समाज परिवर्तन गर्ने खालका शिक्षा, सिपमुलक तालिम प्रदान गदै आएको पनि बताउनु भयो । सिप सिक्नु मात्र नभइ सिकेका सिपलाइ व्वाहारमा ल्याउन सकिएन भने सिपको महत्व नहुने किर्डाक नेपालका जिल्ला संयोजक कृष्न रावलले जोड दिनु भयो ।यस्तै ढकिया निर्माण तालिमा २५ जना सहभागि रहेको तालिम २०दिन सम्म सन्चालन भएको किर्डाक नेपाल सामुदायिक विकास सहजकर्ता शुशिला रायमाझिले बताउनु भयो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















