अछाममा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु
अछाम – अछाममा बस दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । दुर्घटनामा अन्य १० जना घाइते भएका छन् ।
अछामको सदरमुकाम मंगलसेनबाट धनगढीका लागि छुटेको ना. ६ ख. ८२९ नम्बरको बस मङ्गलसेन ४ कैलाश खोला नजिकै दुर्घटना हुँदा दुई जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।
मङ्गलसेन नगरपालिका –१ कुन्तीका अन्दाजी १८ वर्षका एकेन्द्र थापा र मंगलसैन नगरपालिका वडा नम्बर १४ का ५१ वर्षीय टंक भण्डारीको ज्यान गएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएकाहरूको धनगढीमा उपचार चलिरहेको छ । दुर्घटनाको कारण खुलेको छैन ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























