पशुपति गिरी ,कपिलवस्तु !
युवाका अध्यक्ष तथा लियो क्लव अफ कपिलवस्तुका उपाध्यक्ष सागर बन्जाडेले आफ्नो जन्मदिन सामाजिक कार्य गरि मनाएका छन् । २३ औं जन्मदिनको अवसरमा बन्जाडेले बुद्धभूमि नगरपालिका वडा नं. १ मा अवस्थित सिद्धार्थ स्मारक माध्यमिक विद्यालय भेलाईका दृष्टिविहिन विधार्थीलाई मंगलबार एक कार्यक्रमका बीच न्यानो कपडा वितरण गरेका छन् । समाज सेवामा सक्रिय रहदै आएका बन्जाडेले समाज सेवामा सबै युवाहरु अगाडि बड्नु पर्नेमा जोड दिएका छन् । दृष्टि नहुनु कसैको पनि कमजोरी नभएको बताउँदै बन्जाडेले यस्ता बालबालिकामा नै विशेष प्रकारको क्षमता हुने भएकाले सबैले प्रोत्साहन गर्नुपर्ने बताए ।

 

सृष्टि के.सी, झमक कुमारी जस्ता क्षमतावान प्रतिभाबाट पनि अन्य विद्यार्थीले प्रेरणा हासिल गर्न सक्ने उनको भनाई छ । साथै उनले जन्मदिनको अवसरमा आफुलाई शुभकामना दिने सम्पूर्णलाई धन्यावाद दिदैं आगामी दिनमा सामाजिक कार्यमा सक्रिय रहन थप प्रेरणा मिलेको बताए । कार्यक्रमका प्रमुख अतिथि विद्यालय व्यवस्थापन समिति अध्यक्ष भोजेन्द्र विक्रम जि.सी. ले जन्मदिनको अवसरमा बन्जाडेललाई शुभकामना दिदैं दृष्टिविहिन विधार्थीलाई न्यानो मायासहितको न्यानो कपडा वितरण गरेकोमा धन्यवाद दिए ।

कार्यक्रमका विशिष्ट अतिथि सिद्धार्थ क्याम्पस स्ववियु सभापति सुसिल खत्रीले बन्जाडेलाई जन्मदिनको शुभकामना दिदैं आगामी दिनमा पनि यस्तै रचनात्मक कार्य गरि अगाडि बढ्न आग्रह गरे ।

कार्यक्रम सागर बन्जाडेको अध्यक्षता, विद्यालय व्यवस्थापन समिति अध्यक्ष भोजेन्द्र विक्रम जि.सी.को प्रमुख अतिथ्यता, सिद्धार्थ क्याम्पसका स्ववियु सभापति सुसिल खत्रीको विशिष्ट आतिथ्यता, अतिथि लियो क्लव अफ कपिलिवस्तुका अध्यक्ष पाण्डव भण्डारी, समाजसेवी नारायण पौडेल, डेविड भण्डारी, सुजन पौडेल, विजय बेल्वासे, वसन्त कुमार बेल्वासे, मुना भूसाल, पशुपति गिरी लगायतको आतिथ्यता तथा लक्ष्मण सापकोटाको संचालनमा कार्यक्रम सम्पन्न भएको हो ।