दिपक खड्का,चन्द्रौटा,कपिलवस्तु । लैङ्गिक हिसा विरुद्धको १६ दिने अभियान अन्तर्गत शिवराज नगरपालिका वडा न २ मा प्रभातफेरी र कोण सभा गरि मनाइयो । वडा न २ मा गठित आमा समुह टोल सुधार समिति र महिला स्वयम सेविकाहरुले महिला हिंसा  विरुद्धका नारा लगाउदै प्रभातफेरीको शुभआरम्भ गरेका थिए । “घरै बाट सुरु गरौ,महिला हिंसा अन्तय गरौ” भन्ने राष्ट्रिय नाराका साथ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको तेस्रो दिन प्रभात फेरी गरेका थिए ।

प्रभात फेरी बलापुर चोक हुदै वडा कार्यालयमा पुगि कोण सभामा परिणत भएको थियो । कोण सभा शिवराज नगरपालिका वडा न २ का वडा अध्यक्ष राम बहादुर थारुको अध्यक्षता महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख डिल्लीराज भट्टराईको प्रमुख आतिथ्यता र महिला शाखाकाकी शारदा गुप्ताको आतिथ्यतामा रहेको कार्यक्रमको संचालन वडा सचिव नारायण पंगेनीले गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि भट्टराईले अन्तराष्टिय सन्धि १९८९ लाई हस्ताक्षर गर्न सबै अधिकार कर्मीहरुले भेदभाव उन्मुलन गर्न दबाब दिएका थिए । दोस्रो चरणमा २०६६ सालमा घरेलु हिंसा निवारण कसुर र सजाय एन जारी भएको छ। नेपालको संविधान  २०७२ सालमा जारी संविधानले समेत भाग ३ को धारा ३८ मा महिलाको हकलाई स्थापित गरेको बताए । तर अहिले पनि समाजमा लैङ्गिक हिंसाका घटना हुने गरेको र लैङ्गिक हिंसामा परेकाहरुलाई न्याय र संरक्षण दिनु पर्ने बताए ।

कार्यक्रममा अध्यक्षताको आसन वाट बोल्दै वडा न २ का अध्यक्ष चौधरीले प्रत्येक व्यक्तिमा सकारत्मक सोच हुन जरुरी रहेको बताए । गलत गर्ने व्यक्तिहरुलाई सजाय हुने भएकोले गलतको प्रतिकार गर्न सके लैङ्गिक हिंसा कम गर्न सकिने बताए ।