कपा (एमाले)को १०औं महाधिवेशनको बन्द सत्र सुरु
चितवन । नेकपा (एमाले)को १०औं महाधिवेशनको बन्द सत्र सुरु हुन लागेको छ । निर्धारित समयभन्दा १० घण्टा ढिलो गरी हुन लागेको बन्दसत्र स्थल होटल सेभेन स्टार होटलमा प्रतिनिधिहरुको चहलपहल बढेको छ ।
आज विहान १० बजे बोलाइएपनि पदाधिकारी र केन्द्रीय सदस्यहरुको नाममा सहमति हुन जुट्न नसक्दा साँझ ७ बजेका लागि बोलाइएको थियो । ७ बजे पनि ढिलो भएपछि १ घण्टा पछि सारेर ८ बजेका लागि बन्द सत्र बोलाइएको थियो ।
सुरक्षा चेकजाँच गरेर प्रतिनिधिहरुलाई बन्द सत्र हलभित्र प्रवेश गर्न थालेका बताइएको छ । त्यसोत, पदाधिकारी र केन्द्रीय सदस्यहरुको नामावाली मिलाउनका लागि अध्यक्ष ओलीसँग छलफलमा बसेका निकट नेताहरु नामावलीमा सहमति गरेर बाहिरिसकेका छन् ।
ओलीसँग छलफलपछि नेताहरु प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, विष्णु पौडेल, इश्वर पोखरेल र शंखर पोखरेल होटल सफारीबाट बन्द सत्रस्थलतर्फ लागेका बताइएको छ । उनीहरुले ३०१ जना केन्द्रीय सदस्यहरुको सूची तयार गरेर अध्यक्ष ओलीलाई दिएका थिए ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























