रोल्पा!
कुनै बेला रोल्पा जिल्ला साहित्यको केन्द्र विन्दुमा रहने गरेको थियो । साहित्यमा चासो राख्नेको संख्या अत्यन्तै धेरै हन्थे हप्ता वा महिनामा साहित्कि कार्यक्रमहरु धेरै हुने गर्थे तर पछिल्लो केहि समय रोल्पामा साहित्कि कार्यक्रम बिरलै मात्रामा भएको देख्न सकिन्छ । रोल्पामा साहित्य गतिबिधि कम हुनु पेशा प्रतिको जिम्मेवारी भएको रोल्पाका यवा गजलकार सन्तोष हरदमले बताउनुहन्छ । रोल्पामा राम्रा लेख्ने युवाहरु भयता पनि रोजगारिको सिलसिललमा बाहिरीदेश जानु पर्ने बाध्यता अर्को कारण रहेको उहाँ भनाई रहेको छ ।
तर केहि समय सेलायको रोल्पाको साहित्य धरातल फेरि जुरमुराउन थालेको पनि उहाँको भनाइरहेको छ । पछिल्लो समय युवा पुस्ताले पनि चासो दिन थालेकाछन् । केहि समय पहिले रोल्पमा सिर्जना उत्सव सम्पन्न भएको थियो । त्यस्तै सहिद स्मृति साहित्य प्रतिष्ठान रोल्पाद्वारा आयोजित गजल महफिल संसिर ११ गते शनिवार लिवाङमा सफलता पुर्वक सम्पन्न भएको छ । महफिलमा ६ जना स्रस्ताहरुले गजल वाचन गरेका थिए । गजल वाचनमा अभि क्षेत्री ‘समर्पण’ (दाङ), सिर्जना देवकोटा (सल्यान), विजय खड्का ‘गगन’ (गुल्मी), सपना डाँगी (रोल्पा), सन्तोष हरदम मगर (रोल्पा) र सुशीला श्रेष्ठ (दोलखा) रहनुभएको थियो । युवा पुस्ता माझ लोकप्रिय रहेको गजल विधाका सर्जकहरु पछिल्लो समय आक्रामक रुपमा क्रियाशील हुने गरेका छन् ।
जिल्लाको सवैभन्दा कान्छो साहित्कि संस्थाको रुपमा स्थापना गरिएको यस संस्था बिछुट्टै साहित्यिक संस्थाको रुपमा स्थापित रहेको छ । यस प्रतिष्ठानले सामाजिक संञ्जाल मार्फत भिभिन्न गतिबिधि अथवा भर्चअल कार्यक्रमहरु गर्दै आएता पनि भौतिक उपस्थितिमा प्रथम गजल महफिल सम्पन्न गरेको हो । माडी, जलजला र सुनछहरीको सान कला, साहित्य सिक्ने सिकाउने हाम्रो अभियान भन्ने मुल नाराका साथ जिल्लामा रहेको साहित्यलाई संरक्षण र बिकास गर्ने उदेश्यले प्रतिष्ठानले प्रथम गजल महफिल गरेको सहिद स्मृति साहित्य प्रतिष्ठानका अध्यक्ष आभाष खड्का बेसाहाराले बताउनु भयो । भर्चुअल माध्यमबाट केहि महिना अगाडिमात्र स्थापना भएको यस प्रतिष्ठानको यो पहिलो कार्यक्रम रहेको र आगामी दिनहरुमा अझ परिमार्जन तथा प्रतिष्ठानलाई अझ सक्रिय बनाउने अध्यक्ष खड्काले बताउनुभयो ।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवम रोल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले महफिमा सहभागी गजलकारहरुको गजलिय शेरले आफलाई निकै भावुक बनाएको बताउनुभयो । आमन्त्रित गजलकारहरुलाई शुभकामना दिँदै,आफुले साहित्य सिर्जना नगरे पनि आफु साहित्यको पारखि रहेको समेत सापकोटाले बताउनुभयो । यस्तै, विशिष्ट अतिथि बरिष्ठ साहित्यकार डिबी टुहुरोले रोल्पा साहित्यको उर्भर भुमी भएको र साहित्यमा अझ मलजल गर्न सकिने बताउनुभयो । गजलकारहरुको गजलिय शेरले आफु निकै उत्साहित भएको समेत साहित्यकार टुहुरोले बताउनुभयो ।
आभाष खड्का बेसाहाराको अध्यक्षतामा भएको उक्त कार्र्यक्रममा रोल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाको प्रमुख आतिथ्यता रहेको थियो । विशिष्ट अतिथिहरु साहित्यकार पुर्ण भण्डारी पंकज, र बरिष्ठ सहत्यिकार डिबी टुहुरो रहनुभएको थियो । यस्तै सहिद स्मृति साहित्य प्रतिष्ठानका बरिष्ठ सल्लाहकार खेमराज शर्मा, प्रतिष्ठानका बरिष्ठ सल्लहाकार गायत्री घर्ती, ललित साहित्य परिषद रोल्पाका अध्यक्ष लोक कुमार श्रेष्ठ, राप्ति साहित्य परिषद रोल्पका कोषाध्यक्ष दिलकुमारी बुढा,नेपाल मुक्तक प्रतिष्ठान रोल्पका अध्यक्ष देवी गुरुङ,प्रगतिशिल लेखक संघका अधध्यक्ष अमर जि.एम,नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष नविन लोचन मगर, लगायत जिल्ला स्थित बिभिन्न साहित्यसंघ संसथाका प्रमुख तथा प्रतिनिधि एवम सरोकारवाला निकाय, र साहित्यकार पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो । प्रतिष्ठानका सन्तोष घर्ती मगरको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सञ्चालन प्रतिष्ठानका महासचिव तिलक संघर्षमगरले गर्नुभएको थियो भने महलि सञ्चालन तारदेव शर्माले गर्नुभएको थियो ।