दलित सामाजिक विकास केन्द्र द्वारा ७ लाख भन्दा बढी को स्वास्थ्य सामग्री हस्तान्तरण।
कपिलवस्तु ।। दलित सामाजिक विकास केन्द्र कपिलवस्तु नगरपालिका वडा नं ५ मा रहेको यू एम एन को सहयोग मा यशोधरा गाउँपालिका अन्तर्गत रहेको २७ वटा सामुदायिक विद्यालय र १० वटा मादरसा जम्मा गरी ३७ वटा सामुदायिक तथा धार्मिक विद्यालय का प्रधानध्यापकहरू लाई रू. ३,५०,७६५/- (अछरेपी- तीन लाख पचास हजार सात सय पैंसठ्ठी रूपियाँ को स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको छ।वाटर गड १० थान,हारपिक १ थान, बास्केट बल्टी १ थान,फिनायल २थान,मग २थान,साबून १०० पीस,सेनिटाइजर १ थान, स्वास्थ्य सामग्री राख्ने बक्स १ थान, toilet brush १थान , लगायतका सामाग्री हस्तान्तरण गर्नुभएको छ।मार्यदपुर प्रहरी चौकी का इन्चार्ज मोहम्मद तकी खान लाई साउन्ड १थान, र रंगपुर प्रहरी चौकी का इन्चार्ज नरबहादुर घर्ती लाई १ थान साउन्ड, आगो निभाउन यन्त्र १ थान, तथा यशोधरा गाउँपालिका लाई इ.सी.जी मेसिन तथा जिल्ला स्वास्थ्य कार्यालय लाई ५०पीस ल्याब कीट लगायतका स्वास्थ्य सामग्री जम्मा गरी रू.७,५२,०७५/- अक्षरेपी-(सात लाख बावन्न हजार पचहत्तर रुपियाँ बराबर का स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको छ।।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















