बाँकेको राप्ती सोनारी गाउँपालिकामा आइतबार बेवारिसे बम फेला
नेपालगंन्ज — बाँकेको राप्ती सोनारी गाउँपालिकामा आइतबार बेवारिसे बम फेला परेको छ। राप्ती सोनारी गाउँपालिका– ३ अगैयाको खैरीखोलामा बेवारिसे अवस्थामा बम भेटिएको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी मधुसुदन न्यौपानेका अनुसार पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत खैरीखोलामा सकेट बम फेला परेको हो ।
डिएसपी न्यौपानेका अनुसार बम खिया लागेको अवस्थामा छ । यसबारे थप छानबिन गरिने प्रहरीले जनाएको छ । बम भेटिएलगत्तै राँझाबाट गएको नेपाली सेनाको टोलीले बम निष्क्रिय पारेको छ । सुरुमा स्थानीयले बम देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















