कपिलवस्तु जिल्लाका डाक्टर दिपक खरेलको मृत्यु भएको छ ।  कपिलवस्तु बाणगंगा नगरपालिका वडा नं. ८ का खरेलको उपचारको क्रममा काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको हो ।

कपिलवस्तु सामुदायिक अस्पतालका कार्यरत डा. खरेल कार्तिक २१ गते बुद्धभूमिको टिक्करमा मोटरसाइकलमा परि गम्भीर घाइते भएका थिए ।

बुटवलमा उपचार हुन नसकेपछि उनलाई हेलिकप्टरबाट काठमाडौं लगिएको थियो ।

हालै मात्र डा. खरेलको सबै उपचार निशुल्क गर्न सरकारले निर्देशन दिएको थियो । टाउको र घाँटीमा चोट लागेको उनको बुटवलको एक अस्पतालमा लगिएको थियो । तर त्यहाँ उपचार संभव नभएपछि काठमाडौंको मेडिसिटी अस्पतालमा रिफर गरिएको थियो। आर्थिक स्थिति कमजोर भएका कारण उनलाई तीन दिनअघि ट्रमा सेन्टरमा रिफर गरिएको हो ।

ट्रमा सेन्टरमा हाल उनको न्यूरो सर्जन डा राजीव झा नेतृत्वको टोलीले उपचार गरेको थियो । अचेत अवस्थामै रहेका उनलाई डाक्टरले बचाउन नसकेका हुन् ।