१ लाख २ हजार अग्निपीडित व्यावसायिलाई सहयाेग ।
संजिव गहतराज । अग्निपीडित व्यावसायिलाई शिवराज नगरपालिकाले ५१/ ५१ हजारकाे दरले एक लाख दुई हजार सहयोग गर्ने भएको छ । बुधवार बसेकाे नगर स्तरीय विपत् व्यवस्थापन समितिको बैठकले यस्ताे निर्णय गरेकाे समितिका संयाेजक नगरप्रमुख नेत्रराज अधिकारीले बताउनुभयो ।

गत हप्ताको मंगलवार चन्द्रौटा फिक्स सप र ल्यापटप हस्पिटलमा आगो लाग्दा झण्डै एक करोडको क्षति भएको थियो । बैठकले बेमौसमी वर्षाले धानको क्षति भएको सङ्कलित विवरण मन्त्रालयमा पठाउने समेत निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत गणेश प्रसाद अर्यालले जानकारी दिनुभएकाे छ ।
त्यस्तै मङ्सिर ७ गते देखि हैजा विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएकोले यसलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने निर्णय गरेको छ । विभिन्न खोप केन्द्र निर्धारण भएको र स्वास्थ्यकर्मीहरूलाई परिचालन गरी खोप अभियान चलाउने जनाइएको छ ।
बैठकमा नगर उपप्रमुख शिवकुमारी थारू, ईलाका प्रशासन कार्यालयका प्रमुख नारायण पाण्डे, वडा अध्यक्षहरू, कार्यपालिका सदस्य, संघसंस्थाकाे प्रतिनिधि तथा प्रमुख र पत्रकारकाे उपस्थिति रहेकाे थियाे ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























