नेपाल वन्द: कपिलवस्तुबाट विप्लव नगर इन्चार्ज सहित १६ जना पक्राउ
कपिलवस्तु-मूल्यवृद्धिको विरोधमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले गरेको नेपाल बन्दका कारण यात्रुहरुले सास्ती पाएका छन् ।
नेपाल बन्दको प्रभावले कपिलवस्तुमा सार्वजनिक सवारी साधनहरू कमै मात्र चलेका छन् । सार्वजनिक गाडीहरू कममात्र चल्दा काम विशेषले आज बिहानै गन्तव्यमा जान चाहनेहरुले सास्ती पाएका छन् ।
विप्लवको बन्दका कारण विहानैदेखि नियमित गाडीहरु संचालनमा आउन सकेका छैनन् । यता बन्द गराउन हिडेका विप्लवका शिवराज नगर इन्चार्ज वनोद लुईटेल (पावेल) सहित १६ जना विद्यार्थी नेता तथा कार्यकर्तालाई प्रहरीले विभिन्न ठाँउबाट पक्राउ गरेको छ ।
प्रहरी नायव उपरिक्षक धर्मराज भण्डारीका अनुसार वाणगंगाका ४ नम्बर क्षेत्रबाट ९ जना, गोरुसिंगेबाट १ जना र चन्द्रौटाबाट ६ जनालाई नियन्त्रणमा लिइएको हो । यता जिल्ला प्रहरी कार्यलय तथा इलाका प्रहरी कार्यलयबाट प्रहरीहरु चोकचोकमा परिचालित भएका छन् । जनताको शान्ती सुरक्षाका लागि प्रहरी मोटरसाइकल लगाएत गस्तीमा परिचालित भएका हुन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















