नेपाल बन्दको पूर्व सन्ध्यामा विप्लव नेतृत्वको नेकपाको मोटरसाइकल र्याली ।
कमल बिष्ट , कपिलवस्तु । पेट्रोलियम पद्धार्थलगायत अत्यावश्यक सामाग्रीको मूल्यवृद्धि गरेको विरोधमा विप्लव नेतृत्वको नेकपाले आयोजना गरेको विभिन्न चरणको आन्दोलन स्वरुप भोली कार्तिक ३० गते घोषणा गरेको नेपाल बन्दको पूर्व सन्ध्यामा नेत्रबिक्रम चन्द (विप्लव ) नेतृत्वको नेकपाले मोटरसाइकल र्याली गरेको छ, र्याली शिवराज १ बनकट्टा बाट शुरु भै करहीया भलुही हुदै समिति चोक , चन्द्रौटा परिक्रमा गरि शिवपुर बेलौती चोकमा कोणसभामा पणिरत भएको थियो ।
कोण सभामा सम्बोधन गर्दै शिवराज नगर कमिटी एरिया सेक्रेटरी बिनोद लुइटेल (पावेल) ले बर्तमन सरकार र विद्यमान सांसदिय व्यवस्थाले जनतामा महङ्गी , भ्रस्टाचार कुशासन मात्र दिएकाले वैज्ञानिक समाजबादको बाटो मात्र मुलुक लाई निकास दिन सक्ने बताउनुभयो ।
आन्दोलनमा बन्दको स्वरुप आफ्नो रहर नभई बाध्यता भएकाले सधै महङ्गीको मार भन्दा बन्दको मार कम छतिपूर्ण हुने भन्दै सबैमा बन्द सफल पार्न सहयोगका लागि अपिल गर्नुभयो । कोण सभालाई नेकपाका नेता योगेन्द्र पुनले सन्चालन गर्नुभएको थियो ।
विप्लव नेतृत्वको नेकपाले सरकारसँग वार्ता गरी सार्वजनिक भएपछि पहिलोपटक नेपाल बन्दको आव्हान रेको हो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















