चन्द्रौटामा बृहत रक्तदान कार्यक्रम सम्पन्न ।
। गोपाल बन्जाडे। कपिलवस्तु-चेम्बर अफ कमर्स कपिलवस्तुको आयोजनामा आइतवार चन्द्रौटामा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।संघले विश्व मधुमेह दिवशको अवसर पारेर आयोजना गरेको वृहत रक्तदान कार्यक्रम एक कार्यक्रमका विच सम्पन्न गरेको हो ।

रक्त संचार केन्द्र बुटवलको प्राविधिक सहयोगमा सम्पन्न वृहत रक्तदान कार्यक्रममा ७५ प्वाइन्ट रगत संकलन भएको चेम्बर अफ कमर्स कपिलवस्तुका महा सचिव गोपाल प्रसाद वन्जाडेले जानकारी दिनु भयो ।
शिवराज नगरपालिकाका नगर प्रमुख नेत्रराज 
अधिकारीले स्वस्थ मान्छेले रक्तदान गर्दा कुनै हानी नोक्सानी नहुने भएकाले रक्तदान गर्नु स्वास्थ्यका लागि फाइदाजनक रहेको बताउनु भयो ।
रक्तदान कार्यक्रममा चेम्बर अफ कमर्स कपिलवस्तुका अध्यक्ष महादेव पोख्रेलले रगत नपाएर कसैले पनि ज्यान गुमाउनु नपरोस् भनेर नै कार्यक्रमलाई निरन्तरता दिइएको बताउनुभयो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















