शिवराज जेसिजले चन्द्रौटाका दुई आग्नि पडित ब्यवसायिहरुलाई राहात प्रदान
कपिलवस्तुको चन्द्रौटा स्थित विष्नु भुसालको चन्द्रौटा फिक्स सप र वावुराम गिरीको ल्याप्टप हस्पिटलमा गत कात्तिक २३ गते मंगबार राति आगलागीका कारण दुबै पसलहरु जलेर नष्ट भए पछि केहि राहत पुगोस भन्दै पिडित ब्यवसायिहलाइ शिवराज जेसिजले नगद ६४ हजार रुपैया राहात हस्तान्तरण गरेको शिवराज जेसिजका कार्यकारीणि उपाध्यक्ष कविराज अकिारीले जानकारी दिनु भयो ।
अग्नि पिडित द्वय भुसाल र गिरीलाई जनहि ३२ हजारका दरले शिवराज जेसिसका अध्यक्ष वुद्दि सागर सापकोटा ,पुर्व अध्यक्ष विजय सापकोटा एवम् शिवराज जेसीसका कार्यसमिति सदस्य लगायतको सहभागितामा राहत प्रदान गर्नु भएको हो ।
गत मंगलबार राति कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटामा रहेको चन्द्रौटा फिक्ससप र ल्यापटप हस्पिटल गरि दुई पसलमा आगलागी हुदां ९० लाख बढीको क्षती भएको थियो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























