गोकर्ण पाण्डे गुल्मी । राष्ट्रिय जनगणना गुल्मीमा पनि अस्ति देखि सुरु भएको छ । ‘मेरो गणना मेरो सहभागिता’ नाराका साथ अस्ति देखि १२ औँ राष्ट्रिय जनगणना सुरु भएको हो ।
२५ देखि मंसिर ९ गतेसम्म १५ दिन चल्ने जनगणनाका लागि जिल्लाका १२ वटै स्थानिय तहमा ४ सय १२ गणक र १ सय १ सुपरिवेक्षक परिचालन भएको तथ्यांक कार्यालय गुल्मी ले जनाएको छ ।

जनगणनाका लागि ५५ वटा प्रश्नावली बनाइएको छ । गणकले घरपरिवारमा पुगेर प्रश्न सोध्ने छन् । हरेक व्यक्ति र परिवारले जनगणनामा सहभागी भएर आफ्नो सही विवरण दिन तथ्यांक कार्यालय गुल्मी ले आग्रह गरेको छ । नेपालमा हरेक १० वर्षमा जनगणना हुँदै आएको छ ।