वाणगंगा नगरपालिका वडा न.९ द्वारा वडा स्तरीय खुल्ला नक आउट फुटबल प्रतियोगिता २०७८ सुरु
पशुपति गिरी
कपिलवस्तु ,कार्तिक २५,२०७८
वाणगंगा नगरपालिका वडा न ९को चाेवाहमा सिद्वार्थ गाैतम युवा क्लव(चाैवाह) आयोजनामा बिहीबारदेखि वडा स्तरीय खुल्ला नक आउट फुटबल प्रतियोगिता २०७८ सुरु भएको छ ।
वाणगंगा नगरपालिका नगरप्रमुख मंगल प्रसाद थारूले उद्घाटन गरेका प्रतियोगितामा वाणगंगा नगरपालिका वडा न.९ का वडा अध्यक्ष धुर्व बेल्वासेकाे विशिष्ट अतिथि र अतिथिहरूमा स्थानीय सामाजिक व्यक्तित्व वाणगंगा नगरपालिका वडा न ९ ने.का का सभापति भुवनेश्वर पाैडेल,दिपक थापा,हुमलाल पाैडेल रहनु भएकाे थियाे । वाणगंगा नगरपालिका वार्ड नम्बर ९का अध्यक्ष बेल्वासेले खेलको भव्य सफलताको सुभकामना दिनु भएको थियाे।
कार्यक्रममा दामाेदर पराजुली,रमेश आर्चाय, पत्रकार पशुपति गिरी , लगायतको आतिथ्यता रहेको थियो।
कार्यक्रम सिद्वार्थ गाैतम युवा क्लवका अध्यक्ष खेमराज पाैडेलकाे अध्यक्षता, केशव पाण्डेको संचालन र डेभिड आर्चायकाे स्वागत मन्त्वयमा सम्पन्न भएको थियोे ।
प्रतियोगितामा प्रथम पुरस्कार नगद रु २१ हजार, द्वीतीय पुरस्कार १० हजार, तृतीय पुरस्कार ५ हजार साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन। आजबाट सुरु भएको प्रतियोगितामा २० टिमले भाग लिएकाे र उक्त खेल निरन्तर दिन सन्चालन हुने अध्यक्ष खेमराज पाैडेलले जानकारी दिएका छन ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















