शिवराज । नेकपा एमालेको शिवराज नगर सचिवमा शरद अधिकारी निर्वाचित हुनुभएके छ ।   नगर सचिव पदमा उम्मेदवारी दिएका रोशन एम सीले अन्तिममा उम्मेदवारी फिर्ता लिएका छन ।

दुई उम्मेदवार विच आपसी सल्लाह र छलफल भए पछि सचिव पदका उम्मेदवार एम सी ले सचिव पदमा रहेको आफनो उम्मेदवारी फिर्ता लिएका हुन । क्षेत्रिय रुपमा पदाधिकारी विभाजन हुनु पर्ने अडानमा शिवराजको १ बाट सचिव पद आफुहरुले पाउनु पर्ने दबाब सहितको माग राख्दै आएका एम सी ले शरद अधिकारी संगको छलफल पछि उम्मेदवारी फिर्ता लिएको जानकारी दिए ।

रोशन एम सी ले उम्मेवदारी फिर्ता लिए पछि नेकपा एमालेको शिवराज नगर सचिवमा प्रभावशाली नेता शरद अधिकारी निर्वाचित भएका छन । शरद अधिकारीलाई निर्वाचन समितिले सचिवका रुपमा बुधबार निर्वाचित गरेको जानकारी गराएको छ । निर्वाचित भए पछि अधिकारीले उम्मेदवारी फिर्ता लिई समर्थन गरेकोमा रोशन एम सीलाइ धन्यवाद सहित आगमी दिनमा सहकार्य सहमतिबाट अघि बढने प्रतिबद्धता गरेका छन ।

शरद अधिकारी नेकपा एमाले शिवराज नगर सचिवमा निर्वाचित भए पछि एमालेको नगर राजनिति फरक ढंगले सुझबुझका साथ अघि बढ्ने धेरैले विश्वास ब्यक्त गरेका छन । सचिव पदमा निशा विश्वकर्मा , रोशन एम सी र शरद अधिकारीको उम्मेदवारी परेको थियो ।