विनोद मण्डल कार्तिक १७ । सिरहाको लहान नगरपालिका वडा नं २४ गोविन्दपुर पुरानो टोल स्थित रहेको पोखरीमा आज करिब१.३० बजेको समयमा बालबालिकाहरुसँगै नुहाउन गएकी अर्जुन शाहकी नातिनी तथा अशोक शाहको १० वर्षीया छोरी अर्चना शाह पोखरिबाट घर फर्कीनन् ।

अर्चना पानीमा डुबेपछि अन्य बालबालिकाहरूले गाउँलेलाई खवर गरेका थिए तर पोखरीमा पानीको सतह निकै गहिरो भएको हुनाने तत्कालै बालिकालाई उदार गर्न सकिएको थिएन । निक्कै प्रयासपछि बालिकालाई मृत अवस्थामा बाहिर निकालिएको थियो ।

पोखरीमा बर्खा अगाडि जेसीवि लगाई गहिरो खनिएको हुनाले बालिकाको ज्यान गएको स्थानियको भनाई रहेको छ भने अहिले पोष्ट मार्दमका लागि लाहान अस्पतालमा राखिएको स्थानिय शितल शाहले बताउनु भएको छ ।