बिरेन्द्र गिरी कार्तिक १७ लमही ।                                लमही नगरपालिका १ सुन्डबरिमा रहेकाे सृजनसिल बृद्धबृद्धा सेवा समिति अार्थिक समस्या हुदा अहिले जेनतेन गुजारामा चलिरहेको अबस्थामा छ । बाहिरि रुपमा भरिपुर्ण देखिएपनि भित्री रुपमा खाेक्रो रहेकाे अबस्था छ ।पहिले पहिले कर्मचारी राखेर बृद्धबृद्धाहरु लागि लालनपालन ,स्हारसुसार गर्नका लागि १ जना कर्मचारी पनि राखिएको थियाे ।तर रकम नभए पछि १/२ बर्ष पछि ती कर्मचारी हटाउने काम भएको हाे। सात जना असायहरु राख्ने भने भने पनि अहिले तीन जना लागि पनि भरणपोषण गर्न सकस भएको समितिका अाजिवन सदस्य लक्ष्मण पवन शर्माले जानकारि दिनु भयाे । धेरै बर्ष पहिले संचालन गरेकाे महायज्ञबाट संकलित रहेकाे रकमबाट सेवा समिति राम्रो तरिकाले चले पनितीन चार बर्ष यता समितिमा रहेका बृद्ध बृद्धाहरु लागि अाबश्यक्ता अनुसार पाेषण खुराक ,माछा मासु ,लगायत अन्य सेवा नियमित दिन नसकेकाे उहाँको भनाइ थियाे ।सस्था ब्याक्तिगत सहयाेग रकमबाट संचालन भएको छ भन्नुहुदै हाल सम्म अन्य स्थानीय सरकारले कुनै पनि सहयाेग नगरेकाे उहाँको गुनासाे रहेको थियाे ।दिगाे रुपमा संस्था चलाउन अहिले हम्मेहम्मे भएको अबस्थामा छ ।उक्त सेवा समितिमामा ३ जना असाहय स्थानीय स्तरमा रहेका छन । स्थानीय सरकारले सहयाेग नसके पनि सस्था चलाएमान भैइरहने उहाँको भनाइ रहेको छ ।हाल १ हजार बढि अाजिवन सदस्य रहेका छन ।सस्था बाहिरी रुपमा अब्बल भए पनि भित्री रुपमा निकै कठिनाइ,जेनतेन रुपमा संचालनमा अाइरहेकाे ।२०६० सालमा स्थापना भए पनि हाल सम्म स्थानीय सरकार तथा अन्य सस्थाले पनि सहयाेग नगरेकाका अार्थिक समस्या हुदा समिति समस्या परेकाे हाे ।सस्थाकाे महायज्ञबाट जग्गा जमिन भए पनि फलफूल खेति मात्रै हुने गरेकासाेहिबाट अाउने साेत मात्रै अार्थिक छ त्यसबाहेक कुनै पनि साेत नभएको कारण सस्था निकै समस्यामा परेकाे सस्थाका अध्यक्ष साेमनाथ शर्माले जानकारी दिनु भयाे ।अब स्थानीय सरकारले सहयाेग गर्नु पर्ने भन्नुहुदै जसरी भए पनि दिगाे रुमा चलाएर छाड्ने दाबी गर्नु भयाे ।लमही नगरपालिकाकाे १ मात्रै बृद्ध बृद्धा सेवा समिति लागि अहिले सम्म कुनै पनि सहयाेग नगर्दा यस्ताे अबस्था अाएकाे हाे । सस्था लागि भलाउन ,फुलाउन सके दाङको पहिचान कायम रहन र दाङको सान तथा छवि उच्च हुने निश्चित छ । अाजिवन सदस्य बन्नका लागि १० हजार देखि १५ हजार तिरेर सदस्यता लिने ब्यबस्था छ ।