शिवराज गोपाल बन्जाडे । “आयुर्बेद बिकासको आधार, जनशक्ती बिकास र पुर्बाधार” राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी जयन्ती २०७८ को पावन अवसरमा आज नेपाल भरि नै विभिन्न कार्यक्रमहरु आयाेजना गरि मनाईदै छ ।

आयुर्वेदका ज्ञाता धवन्तरिकाे सम्मानमा कार्यक्रम आयाेजना गरिएको हाे । यसै अवसरमा नेपाल आयुर्वेद औषधी व्यावसायी संघ जिल्ला शाखा कपिलवस्तुकाे आयाेजनामा कपिलधाम आराेग्य मन्दिर बाणगंगा माेतिपुर एक कार्यक्रमकाे आयाेजना गरि मनाईयाे ।

कार्यक्रममा आयुर्वेदका ज्ञाता धवन्तरिका बिषयमा उपस्थित सबैले धवन्तरिकाे खुलेर प्रशंसा गरेका थिए ।कार्यक्रमका प्रमुख अतिथि कपिल स्वास्थ्य सेवा केन्द्र कपिलवस्तुका संस्थापक अध्यक्ष कपिलवस्तुकै याेग प्रवर्द्धक याेगगुरु आत्माराम आचार्यले याेग आयुर्वेद तथा प्राकृतिक चिकित्साकाे संयाेजनबाट राेगकाे उपचार गरेमा धेरै राेग स्वत: निकाे हुने बिचार ब्यक्त गर्नुभयो ।

आहारबिहार खानपिन रहनसहन सबै कुरामा ख्याल गर्न पनि अनुरोध गर्नुभयो । कार्यक्रममा नेपाल औषधी ब्यावसायी संघका तर्फबाट बेदुराम पाेख्रेल ,मेलान जिल्ला अध्यक्ष गाेपाल खनालले आयुर्वेद औसधीको समुचित तरिकाबाट प्रयाेग गर्नुपर्ने कुरामा जाेड दिनुभयाे । त्यसै गरि कपिलधाम आराेग्य मन्दिरका अध्यक्ष शंकरप्रसाद आचार्यले कपिलधामलाई धवन्तरि धामकाे रुपमा बिकास गर्नका लागि सबैलाई सहयोग गर्न आग्रह गर्नुभयाे ।

कपिलधामलाई याेग, आयुर्वेद तथा प्राकृतिक चिकित्साकाे क्षेत्रबाट चिनाउन आफू लागिपरेको हुनाले सबैलाई सहयाेग गर्न अनुराेध गरेको बताउनुभएको थियाे ।कार्यक्रममा याेगगुरुद्दय टाेपनारायण भण्डारी र बिष्णुप्रसाद भण्डारीले आयुर्वेद औषधीले पारेको प्रभावकारीताका बिषयमा आआफ्ना स्मरण सुनाउदै सबै मिलेर आयुर्वेद क्षेत्रकाे बिकासमा जुट्न आब्हान गर्नुभयो ।

कार्यक्रममा धन्यवाद तथा संस्थाकाे तर्फबाट आफ्नो राय प्रस्तुत गर्दै अध्यक्ष गाेपाल बन्जाडेले कपिलधाम आराेग्य मन्दिर र संस्था बिच बेलाबेलामा सम्पर्क सम्बन्यय गरे संस्थाले सक्दाे सहयाेग गर्ने प्रतिबद्धता जनाउनुभयाे ।कार्यक्रममा पानसमा बत्ती बालेर स्वस्ति वाचन तथा धवन्तरिकाे फाेटाेमा टीका तथा फुल लगाई कार्यक्रम उद्घाटन गरेको कार्यक्रममा याेग गुरु आत्माराम आचार्यकाे प्रमुख आथित्यता, संघका जिल्ला अध्यक्ष बैध गाेपाल बन्जाडेकाे अध्यक्षता , सचिव बैधराज दिपक पन्थी ,संस्थाका काेषाध्यक्ष बैध शान्तराज गैरेले स्वागत गर्नुभएको थियाे ।

साे अवसरमा कपिलधाममा संचालित आश्रममा संस्थाका जिल्ला अध्यक्ष गाेपाल बन्जाडेले छात्रहरुलाई फलफूल तथा स्टेसनरी सामाग्री दिई कार्यक्रम सम्पन्न गरेको जिल्ला सचिव दिपक पन्थीले जानकारी दिनुभयो ।