हलिम खाँन
अर्घाखाँची । युनाइटेड अर्घा क्रिकेट क्लब द्वारा आयोजित खुल्ला क्रिकेट प्रतियोगिता आइतबार देखी  सन्धिखर्कमा सुरु भएको छ ।

क्रिकेट प्रतियोगिता सन्धिखर्क नगरपालिका वार्ड नम्बर १० का वार्ड अध्यक्ष लक्ष्मी नारायन चुदाली र वार्ड सदस्य भेसराज क्षेत्रीले ब्याटिङ र बोलिङ गरि उद्घाटन गरेका थिए ।

उद्धघाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि वार्ड अध्यक्ष चुदालिले खेल जगतमा खेलाडीहरुको क्षमता विकासका लागि यस्तो प्रतियोगिताको आयोजना हुन जरुरी भएको र राष्ट्रको लागि खेलकुद स्वास्थ्यको लागी खेलकुद र मनोरञ्जनका लागि खेलकुद आवश्यक भएको हुदाँ खेल विकासको लागि आफूले सदैव तत्पर रहेको बताए ।

कार्यक्रममा जिल्ला क्रिकेट संघ अर्घाखाँचीका अध्यक्ष ऋषिरा भट्टराई , जिल्ला खेलकुद बिकास समिति जनार्दन गैरे , लगाएत जिल्लाका सक्रिय पत्रकारको उपस्थिति रहेको थियो ।

कात्तिक १६ गते सम्म संचालन रहने प्रतियोगितामा १५ वटा टिम सहभागी भएको आयोजकले बताएको छ । प्रतियोगितामा प्रथम हुने टिमले २५ हजार नगद पुरस्कारसहित मेडल र सिल्ड प्राप्त गर्नेछ । त्यस्तै दितिय हुने टिमले १५ हजार नगद पुरस्कारसहित सहित मेडल र सिल्ड प्राप्त गर्नेछ । प्रत्येक खेलमा उत्कृष्ट खिलाडीलाई म्यान आफ द म्याच सम्मानित गरिने छ ।

कार्यक्रम क्लबका सदस्य अंकित भुसालको सभापतित्वमा र मेलिना सिंह ठकुरीको संचालानामा सम्पन्न भएको थियो ।